राष्ट्रिय वाणिज्य बैंकको ‘आरबिबि भेहिकल लोन फेष्टिभ अफर’

काठमाडौं,५ भदौं । राष्ट्रिय बाणिज्य बैंकले आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना सार्वजनिक गरेको छ ।
बैंकका अनुसार यो आरवीवी भेहिकल लोन फेष्टिभ अफर योजना यहि भाद्र १ गतेदेखि २०८१ कार्तिक मसान्तसम्म रहनेछ ।
ग्राहकवर्गले आरवीवी भेहिकल लोन लिँदा ०।५ प्रतिशत प्रोसेजिङ फि लाग्नेछ भने ७ वर्षसम्म ७।७७ प्रतिशत स्थिर ब्याज प्रणलीमा लोन लिन सकिने छ ।
थप जानकारीका लागि नजिकका राष्ट्रिय वाणिज्य बैंकको शखामा सम्पर्क गर्न पनि बैंकले आग्रह गरेको छ ।