२५ भदौ २०८३, बिहिबार | September 10, 2026

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनभिएले बुझायो १० लाख


September 10, 2026
415
Shares

काठमाडौं । नेपाल भ्यालुयर्स एसोसिएशन (एनभिए) ले रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ ।

संघका अध्यक्ष इन्जिनियर संजय कुमार महतो नेतृत्वको टोलीले अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेको हो । सहयोग रकम हस्तान्तरण गरिएको जानकारी संघका सचिव इन्जिनियर रवीन्द्र अधिकारीले दिए ।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै स्थानीयवासीको जनजीवन प्रभावित भएको अवस्थामा राहत तथा पुनर्स्थापनाका लागि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत आर्थिक सहयोग गरिएको संघले जनाएको छ ।

संघका अध्यक्ष महतोले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउँदै राहत र पुनर्स्थापनाका लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा अध्यक्ष महतोसहित संघका महासचिव इन्जिनियर अशोक सिलवाल, सचिव इन्जिनियर रवीन्द्र अधिकारी, कोषाध्यक्ष इन्जिनियर सन्देश श्रेष्ठ र सदस्य इन्जिनियर सरोज श्रेष्ठ सहभागी थिए ।

एनभिएले व्यावसायिक संस्थाको भूमिकासँगै विपद् तथा सामाजिक संकटका समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया