२९ भदौ २०८३, सोमबार | September 14, 2026

हिमालयन बैंकविरुद्ध एनभिए आक्रामक, दोस्रो चरणको आन्दोलन घोषणा गर्दै आज पत्रकार सम्मेलन


September 14, 2026
0
Shares

काठमाडौं । सम्पत्ति मूल्याङ्कनकर्ता इन्जिनियरहरूको छाता संगठन नेपाल भ्यालुयर्स एसोसिएसन (NVA) ले हिमालयन बैंकविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ।

बैंकसँगको विवाद तथा मूल्याङ्कनकर्ताका मागका विषयमा संगठनले आज पत्रकारहरूसँग विशेष छलफल गर्दै आगामी आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न लागेको हो।
एनभिएले ‘पत्रकारहरूसँग भलाकुसारी’ नाम दिएर आयोजना गर्न लागेको कार्यक्रममा हिमालयन बैंकसँगको पछिल्लो अवस्था, यसअघि उठाइएका विषय तथा अब चालिने कदमबारे जानकारी गराउने तयारी गरेको छ।

दोस्रो चरणको आन्दोलनलाई कसरी अघि बढाउने भन्ने विषयमा समेत कार्यक्रममा विस्तृत छलफल हुने बताइएको छ। एनभिए ले सम्पूर्ण कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई कार्यक्रममा उपस्थित हुन विशेष अनुरोध गरेको छ।
बैंक तथा मूल्याङ्कनकर्ताबीचको विवाद समाधानका लागि यसअघि भएका छलफल तथा पहलपछि पनि समस्या समाधान नभएपछि एनभिए थप दबाबमूलक कार्यक्रमतर्फ अघि बढ्न लागेको हो।

आजको कार्यक्रममा एनभिए ले आन्दोलनका आगामी कार्यक्रम सार्वजनिक गर्ने भएकाले यसलाई संगठनको आगामी रणनीति घोषणा गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

कार्यक्रम विवरण
मिति: २०८३ भदौ २९ गते
समय: अपराह्न ३:०० बजे
स्थान: युनियन हाउस, अनामनगर, काठमाडौं
कार्यक्रम: पत्रकारहरूसँग भलाकुसारी
मुख्य विषय: हिमालयन बैंकविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा

प्रतिक्रिया