६ आश्विन २०८१, आइतबार | September 22, 2024

फेसबुक,युट्युब र इन्स्टा बन्द गर्न माग गर्दै युवराज सफलले दिए निवेदन


November 30, 2023
5.5k
Shares

काठमाडौं,१४ मंसिर । सामाजिक अभियन्ता युवराज पौडेल ‘सफल’ले टिकटकपछि अन्य सामाजिक सञ्जाल बन्द गर्न माग गर्दै निवेदन दर्ता गराएका छन् ।

सफलले फेसबुक,युट्युब र इन्स्टाग्राम पनि बन्द गर्न माग गर्दै बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएको बताए ।

उनले भने,“सामाजिक सञ्जाल प्लेटफर्ममार्फत अपराधजन्य घटनाहरू बढिरहेका छन्,कानुनी दायरामा नआउन्जेलसम्मको लागि बन्द गर्ने व्यवस्था गर्न माग गर्दै संचार मन्त्रालयमा निवेदन दिएका छौं ।”

नेपाल समाजवादी मोर्चामार्फत दिइएको निवेदनमा सबै सामाजिक सञ्जालका प्लेटफर्मलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ ।

यसअघि पनि सफलले नै टिकटक बन्द गर्न माग गर्दै सञ्चार मन्त्रालयमा उजुरी दिएका थिए । जुन उजुरीपछि सरकारले गत कात्तिक २७ मा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
तर, उक्त निर्णयविरुद्ध सर्वोच्च अदालतमा दर्जन बढी रिट दायर भएका छन् । उक्त रिटमाथि सुनुवाई प्रक्रिया चलिरहेको छ ।

प्रतिक्रिया