२६ जेष्ठ २०८२, आइतबार | June 8, 2025

वडाको सम्पुर्ण स्थानमा सीसी टिभी जडान गर्दैछौ : सुमन श्रेष्ठ,वडाध्यक्ष


4k
Shares

काठमाडौं,२५ जेठ । काठमाडौं महानगरपालिका–१४ ले आज तेस्रो दिन बल्खुमा योजना छनौट तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडाध्यक्ष सुमन श्रेष्ठको अध्यक्षतामा आर्थिक वर्ष २०८२/०८३ का लागि योजना छनौट तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो ।

बल्खु एरिया,मगर गाउँ,आश्रम मार्ग,शिवनगर गांखेलका बासिन्दालाई पायक पर्ने गरी बल्खु कुमारी क्लबमा सो कार्यक्रमको आयोजना गरिएको हो । बिहीबार वडाले खड्कागाउँ र शुक्रबार शान्तिटोलमा अन्तक्रिया कार्यक्रमको आयोजना गरेको थियो ।

योजना छनौट तथा सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै वडाध्यक्ष श्रेष्ठले ट्राफिक व्यवस्थापनका लागि चक्रपथ क्षेत्र सुधार आयोजनासँग बारम्बार छलफल गरिरहेको बताउनु भयो । ट्राफिक व्यवस्थापन राम्रो भएमा वडाबासीलाई काम गर्न सहज हुने उहाँको भनाइ थियो ।

सुरक्षाको दुष्टिले समेत महत्वपुर्ण रहेको सीसी टिभि वडाका धेरै स्थानमा राख्दिन माग भएको जानकारी दिंदै श्रेष्ठले आगामी एकिकृत कार्ययोजनामा राखिने बताए । काठमाडौं महानगरपालिकाको लक्ष्य अनुरुप सीसी टिभी जडान गर्ने कार्य अघि बढाउने उहाले जानकारी दिनुभयो ।

सम्पुर्ण वडाबासीलाई उहाँले आफुले लामो अनुभव गरेको,दक्षता भएको विषय आफ्नो टोललाई आवश्यक महसुस भए जनप्रतिनिधिहरुलाई सुझाव दिन पनि आग्रह गर्नुभयो । सुझावले टोलको विकास गर्न अत्यन्तै सहज र परिणाममुखी हुने पनि उहाँको भनाइ थियो । त्यसैगरी उहाँले महिलाहरुको सिप विकासको लागि वडाले विशेष प्राथमिकता दिएको भन्दै सम्भावना भएका विषयहरुको प्रपोजल हाल्न पनि आग्रह गर्नुभयो ।

योजना छनौट गर्न १४ न वडाले वडाभित्र ६ वटा स्थान तोकेको छ । ती ६ वटा स्थानमा भएको अन्तक्रिया तथा सार्वजनिक सुनुवाइ कार्यक्रमले सम्पुर्ण वडाभित्रका समस्या पहिचान हुने र बजेट विनियोजन गर्न सहज हुने वडाले अपेक्षा गरेको छ ।

टोल तथा बस्ती स्तरबाटै योजना छनौट गर्न पाउदा विकासमा दिगोपन हुने भन्दै स्थानीयहरु खुशी भएका छन् । भेलामा वडा न १४ का जनप्रतिनिधि,बुद्धिजिवी,समाजसेवी, र स्थानीयहरुको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया