१२ फाल्गुन २०८१, सोमबार | February 25, 2025

फागुन १६ गते ‘ग्लोबल वुमेन्स नेटवर्क’ घोषणा हुँदै


February 24, 2025
1.3k
Shares

काठमाडौं,१२ फागुन । आगामी फागुन १६ गते अर्थात २८ फेब्रुअरीमा जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेशनले ग्लोबल वुमेन्स नेटवर्क घोषणा गर्दैछ ।  जुम आइडीमार्फत जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेशनले ग्लोबल वुमेन्स नेटवर्क घोषणा गर्न लागेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) प्रमुख अतिथि र केन्द्रीय सदस्य एवं संघिय सांसद सरिता प्रसाई,नेतृ लक्ष्मी खतिवडा विशेष अतिथि रहनेछन् ।
कार्यक्रममा जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेशन इन्टरनेशनल च्याप्टरका अध्यक्ष डा.यादव पण्डित, नेपाल च्याप्टरका अध्यक्ष बद्री अर्याललगायत विभिन्न एनआरएनका नेताहरु अतिथिको रुपमा रहनेछन् ।

उक्त कार्यक्रममा सहभागी हुन ९३८ २५२९ ७१०९ जुम आइडी र २०२५ पासकोड रहेको छ ।  केहि महिना अगाडी जय नेपाल अन्तर्राष्ट्रिय फाउन्डेशनका अध्यक्ष डा.पण्डितले युवा नेतृ बिनिता अधिकारीलाई ग्लोबल वुमेन्स नेटवर्कको अध्यक्षमा नियुक्त गरेका थिए । त्यसैगरी प्रतिज्ञा अधिकारीले महासचिवको जिम्मेवारी पाएकी छिन् ।

२८ फेब्रुअरीमा नेपाल र विभिन्न देशमा रहेका करिब ४० जनाको ग्लोबल वुमेन्स नेटवर्कको कार्यसमिति घोषणा हुने अध्यक्ष अधिकारीले जानकारी दिइन् । र आगामी दिनमा अन्य राष्ट्रहरुलाई पनि समेट्दै जाने फाउन्डेशनले लक्ष्य लिएको छ ।

प्रतिक्रिया