७ आश्विन २०८१, सोमबार | September 23, 2024

अन्तर्राष्ट्रिय मानव अधिकार संगठन स्थापनाको एक वर्ष पुरा


1.5k
Shares

काठमाडौं,२१ साउन । पीडित महिला एंव बालबालिकाको पक्षमा काम गर्दै आएको अन्तर्राष्ट्रिय मानव अधिकार संगठन स्थापना भएको आज एक वर्ष पुरा भएको छ ।

पहिलो वार्षिकत्सवको अवसरमा संस्थाका अध्यक्ष भीकेएस ठकुरीले सम्पुर्ण नेपालीहरुलाई शुभकामना दिंदै आगामी दिनहरुमा अझै राम्रो काम गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् ।

संस्थाले पीडित महिला एंव बालबालिकाहरुलाई सहयोग गर्दै आएको छ । विशेष गरी दुर्गम क्षेत्रका बालबालिका र महिलाहरुलाई सहयोग गर्ने प्रमुख लक्ष्य लिएको छ ।

केही दिन अगाडी संस्थाका अध्यक्ष भीकेएस ठकुरीलगायत पदाधिकारीको टोलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्दै संस्थाका काम कतव्र्य र आगागी योजनाबारे जानकारी गरएका थिए ।

 

संस्थाको पहिलो वार्षिकोत्सवको अवसरमा महासचिव सुरज अर्याल,उपाध्यक्ष शीला न्यौपानेलगायत सम्पुर्ण पदाधिकारीहरुले शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया