३१ भाद्र २०८१, सोमबार | September 17, 2024

शनिवार मधुमेह, थाईराईड, हार्मोन तथा मुटुरोग सम्बन्धि बृहत स्वास्थ्य शिविर


1.5k
Shares

काठमाडौं,१४ जेठ । आगामी जेठ १९ गते शनिवार मुटुरोग सम्बन्धि बृहत स्वास्थ्य परिक्षण शिविर संचालन हुने भएको छ ।

नेपाल कार्डियो डाईबेटिज एण्ड थाईराईड सेन्टर र बुढानिलकण्ठ नगरपालिका वडा नम्बर–८ को संयुक्त आयोजनामा मधुमेह, थाईराईड, हार्मोन तथा मुटुरोग सम्बन्धि बृहत स्वास्थ्य परिक्षण शिविर संचालन गर्ने शेरबहादुर पुनले बताउनुभयो ।

स्पेशल चोक, मान बहादुर मार्गस्थित नेपाल कार्डियो डाईबेटिज एण्ड थाईराईड सेन्टरमा बिहान ७ बजे देखि दिउँसो ३ः०० बजे सम्म शिविर सञ्चालन हुनेछ ।

शिविरमा निःशुल्क डाक्टर परामर्श,निःशुल्क ई.सी.जी.र निःशुल्क सुगर जांच गरिनुका साथै डाक्टरको परामर्श अनुसार अन्य सम्पूर्ण जाँचहरूमा ५०% छूट दिइने आयोजक संस्थाहरुले जनाएको छ ।

प्रतिक्रिया