२ कार्तिक २०८१, शुक्रबार | October 18, 2024

तरुणदलले बोलायो केन्द्रीय समितिको बैठक,यस्तो छ एजेण्डा


September 12, 2024
332
Shares

काठमाडौं, २७ भदौ. । नेपाली कांग्रेस निकट नेपाल तरुण दलले केन्द्रीय कार्य समितिको बैठक डाकेको छ । विधान पारित गर्न तरुणदलले आगामी असोज ५ र ६ बैठक बोलाएको हो ।

कार्यालयका मुख्यसचिव ठानप्रसाद पोखरेलले जारी गरेको सूचनामा छलफलको एजेण्डामा विधानको संशोधित मस्यौदा छलफलसहित निर्णयार्थ समेत प्रस्तुत गरिने विषय भएको उल्लेख छ ।

धनराज तुम्बाहाम्फेको संयोजकत्वमा बनेको विधान मस्यौदा समितिले तयार गरेको विधानलाई केन्द्रीय समितिले छलफल पछि पारित गर्ने बुझिएको छ ।

मस्यौदा समितिले तयार गरेको संशोधित विधानको व्यवस्थामा अध्यक्ष, उपाध्यक्ष तीन (एक मनोनित), महासचिव दुई (एक मनोनित), तीन सचिवमा एक मनोनित, एक कोषाध्यक्ष मनोनित हुने गरी पदाधिकारीको व्यवस्था राखिएको छ।

जिल्ला सभापति वा केन्द्रमा एक कार्यकाल कार्यसमितिमा रहेको व्यक्ति अर्को पटक केन्द्रीय अध्यक्षमा उठ्न चाहे पाउने गरी विधानमा व्यवस्था गरिएको छ । हाल विद्धान गुरुङको नेतृत्वमा रहेको तरुण दल तदर्थ समितिमा संचालन भइरहेको छ ।

सूचनामार्फत भक्तपुर लोकन्थलीको दिव्यश्वरी पार्टी प्यालेसमा बिहान साढे ११ बजे सुरु हुने केन्द्रीय कार्यसमितिको बैठकमा सम्पुर्ण सदस्यहरुलाई उपस्थित हुन पनि निर्देशन दिइएको छ ।

 

 

 

प्रतिक्रिया