३ आश्विन २०८१, बिहिबार | September 20, 2024

दाङका दुुई स्कुलका विद्यार्थीलाई कृषि विकास बैंकको वित्तीय साक्षरता प्रशिक्षण


2.5k
Shares

काठमाडौं,१५ चैत्र । कृषि विकास बैंकको लुम्बिनी प्रदेश कार्यालयले दाङको घोराहीस्थित दुई विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले ‘ग्लोबल मनी विक २०२४’का अवसरमा ज्ञानसिन्धु माध्यमिक विद्यालय र तुल्सीपुरको ज्ञानज्योति माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

दाङका दुई विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन मुख्य विषय लिई अध्ययनरत १ सय ९६ जना विद्यार्थीलाई बैंकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठले वित्तीय साक्षरता सम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा ग्लोबल मनी विक, बैंकको विकासक्रम, बचत गर्ने बानी, बचतको महत्त्व,यसले पार्ने सकारात्मक प्रभावका बारेमा जानकारी दिइएको थियो । साथै कार्यक्रममा बैंकले उपलब्ध गराउने कर्जाका प्रकार र कृषि विकास बैंकले उपलब्ध गराउने निक्षेप तथा कर्जाका किसिम, विभिन्न डिजिटल प्रडक्ट र त्यसको उपयोगिताका अतिरिक्त वित्तीय अनुशासनका बारेमा पनि विद्यार्थीलाई जानकारी गराइएको उपमहाप्रबन्धक श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रदेश कार्यालयका निर्देशक राजेन्द्र रानाभाटका साथै बैंकका विभिन्न शाखा प्रबन्धक, कर्मचारी र विद्यालयका अध्यापक तथा कर्मचारीको उपस्थिति थियो ।

 

प्रतिक्रिया