३१ भाद्र २०८१, सोमबार | September 17, 2024

डा.भट्टराईको नेतृत्वमा गर्भवती महिलाको मुटुको जटिल शल्यक्रिया सम्पन्न, आमा र बच्चा दुवै स्वस्थ


August 15, 2024
996
Shares

काठमाडौं,३१ साउन। त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगञ्जका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा ३५ हप्ताकी गर्भवतीको मुटुको जटिल शल्यक्रिया सफलताका सम्पन्न भएको छ । अहिले आमा र दुवैको स्वास्थ्य राम्रो रहेको छ ।

नगरकोटकी २२ वर्षीया गर्भवती महिलाको मुटुबाट निस्किने नशा फुटेको (Ascending aortic aneurysms and Dissections)  जटिल अवस्थामा आफूहरुले सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको डा. भट्टराईले जानकारी दिए । उनले भने,‘उहाँको मुटुको नशा (Aorta) च्यातिनै लागेको अवस्था थियो, यही अवस्थामा यो अप्रेशन गरिएको हो । केही समय ढिला भएको भए आमा र बच्चा दुवैको ज्यान जानसक्ने थियो । सुरुमा स्त्रीरोग विशेषज्ञहरुले बच्चा निकालेपछि मेरो नेतृत्वमा आमाको मुटुको शल्यक्रिया गरेको हो ।’

चार दिनअघि गरिएको उक्त शल्यक्रिया अहिले आमा र बच्चा दुवैको स्वास्थ्य राम्रो रहेको डा. भट्टराईले जनाए । यस्तो शल्यक्रिया विश्वमा नै जटिल र उच्च जोखिमयुक्त मुटुको शल्यक्रिया मानिन्छ । यो शल्यक्रिया गर्दा ६ घण्टा समय लागेको थियो । शल्यक्रियाको टिममा कार्डियाक सर्जरीबाट डा. भट्टाईसँगै डा. रवि बराल, डा. प्रभात खकुराल थिए । उता, गाईनोको टिमबाट डा. सुनिती रावल, डा. पूजा पौडेल र डा. संयुक्ता राजभण्डारी थिए । यस्तै, एनेस्थेसियाको टिममा भने डा. विश्वास प्रधान, डा. विभुष श्रेष्ठ र डा. अर्जुन गुरुङ थिए । पर्फुयुजनमा महेन्द्र भट्टको योगदान थियो ।

प्रतिक्रिया