१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

सुरुङमा म महामन्त्र जप गर्दै बसेको थिएँः सञ्जय साह


September 4, 2026
83
Shares

सुरूङबाट शुक्रबार बिहान उद्धार गरिएर निकालेका सञ्जय साहले उद्धारकर्मीहरूसँग त्यहाँको अवस्थाबारे बताएका छन् ।

भित्र कति जना जति छन् होला ?

भित्र त म कन्ट्रोल रुममा अपरेटर काम गर्थे । आजकल अरु टाइममा त चार पाँच छ जना मात्रै हुन्थ्यो । यतिबेला चालीस पैतालिस जना नै थियो ।

अनि कन्ट्रोल रुममा म भएपछि मेरो रेस्पोन्सिबिलिटी चाहिँ सबैको ज्यान बचाउनु थियो ।

अनि त्यस्तो एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन सबैलाई बचाउनु पर्‍यो । अनि सबैलाई बचाउने क्रममा मैले सबैलाई भने ठम्याममा एक्सिडेन्ट भयो ।

अनि सबैलाई भाग्न लगाएँ । अनि त्यसो गर्दाखेरि मेरो टाइम गयो । लास्टमा म निस्किनै पाइनँ अनि म फसेँ ।

अब अझै भित्र कति जना जति अड्क्या छन् ?

हाम्रो सम्पर्कमा साथीहरू तीन चार जना मात्रै थिए । नजिक छेउछाउ ।

अनि भित्र पावर हाउस थियो । पावर हाउस भित्र पनि छन् मान्छेहरु ?

हुन सक्छन् । सबै भाग्न नसकेको होलाल् । टनेल लामो छ । त्यहाँ पानी पनि भित्र पसेको होला ।

धेरै दिनपछि बाहिर निस्किनु भयो आज, यो त दोस्रो जीवन हो बधाइ छ

आज कति गते भयो ?

आज १९ गते हो । दोस्रो जीवन नै भयो ल धेरै धेरै बधाई

म महामन्त्र जप गर्दै बसेको थिएँ ।

प्रतिक्रिया