३१ भाद्र २०८१, सोमबार | September 16, 2024

कृषि विकास बैंकको खुद नाफा ३ अर्ब ६५ करोड


581
Shares

काठमाडौं,२१ साउन । कृषि विकास बैंकले नाफा १७६ प्रतिशतले बढाएको छ । बैंकको खुद ब्याज आम्दानी २३.५६ प्रतिशतले बढेको हो । यसअघि बैंकले ८ अर्ब १९ करोड खुद ब्याज आम्दानी गरेको थियो भने बैंकले यसपटक १० अर्ब १२ करोड रूपैयाँ आम्दानी गरेको हो ।

त्यसैगरी बैंकको नाफा पनि करिब ६४ प्रतिशतले बढेर गत आर्थिक वर्ष २०८०/८१ मा ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०७९–८० मा बैंकले १ अर्ब ३२ करोड नाफा कमाएको थियो ।

यसअघि १ अर्ब ४५ करोड रूपैयाँ प्रावधानमा राखेकोमा यसपटक एक अर्ब ४५ करोड रूपैयाँ राखेको छ।

बैंकका अनुसार अघिल्लो आर्थिक वर्ष २.७८ प्रतिशत रहेकोमा यस्तो खराब कर्जा पछिल्लो वर्ष बढेर ३.४४ प्रतिशत पुगेको जनाएको छ । वितरणयोग्य नाफा २ अर्ब ६६ करोड रुपैयाँ छ भने प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७५ पैसा रहेको छ । यस्तो आम्दानी पहिले ७ रुपैयाँ ४२ पैसा थियो ।

यस्तै बैंकको प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ रहेको बैंकले असार मसान्तसम्म २ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा प्रवाह १४ प्रतिशत बढेको हो ।

प्रतिक्रिया