३ मंसिर २०८३, बिहिबार | November 19, 2026

२० इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरणको अन्तिम चेतावनी


November 19, 2026
332
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले लामो समयदेखि सरकारी बक्यौता नतिर्ने २० वटा दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई अन्तिम चेतावनी दिएको छ ।

प्राधिकरणले मंसिर ३ गते सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता गर्न निर्देशन दिएको हो ।

प्राधिकरणका अनुसार ती कम्पनीहरूले नेपाल सरकार तथा प्राधिकरणलाई बुझाउनुपर्ने रोयल्टी, ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) रकम, थप दस्तुर तथा जरिवानासमेत लामो समयदेखि तिरेका छैनन् ।

बक्यौता नबुझाएकै कारण कतिपय कम्पनीको अनुमतिपत्रसमेत नवीकरण हुन सकेको छैन ।

प्राधिकरणले तोकिएको १५ दिनभित्र रकम दाखिला नगरे दूरसञ्चार ऐन, २०५३ को दफा २८ अनुसार अनुमतिपत्र खारेजीको प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ । साथै, बाँकी रकम कानुनबमोजिम असुल गरिने जनाएको छ ।

प्राधिकरणले उपभोक्तालाई पनि अनुमतिपत्र नवीकरण भएका सेवा प्रदायकबाट मात्रै इन्टरनेट तथा दूरसञ्चार सेवा लिन आग्रह गरेको छ ।

बक्यौता तिर्न अन्तिम चेतावनी पाउने कम्पनीहरू

  1. अलिशा कम्युनिकेसन लिंक प्रालि

  2. एरोनेट प्रालि

  3. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेसन लिमिटेड

  4. क्लासिक टेक प्रालि

  5. कम्युनिकेसन एन्ड कम्युनिकेट नेपाल प्रालि

  6. एभरेस्ट वायरलेस नेटवर्क प्रालि

  7. जीआरएस लिंक इन्टरनेट सर्भिस प्रालि

  8. आई जोन प्रालि

  9. कालिका नेट प्रालि

  10. खप्तड नेट प्रालि

  11. कनेक्ट नेपाल नेटवर्क्स प्रालि

  12. मर्कन्टाइल कम्युनिकेसन प्रालि

  13. नेक्स्ट गिकर्स प्रालि

  14. नुम्बुर नेटवर्क प्रालि

  15. पोखरा इन्टरनेट प्रालि

  16. साङ्ग्रिला इन्फर्मेटिक्स प्रालि

  17. सुपर सितापाइला केबल नेट प्रालि

  18. टेकमाइन्ड्स नेटवर्क लिमिटेड

  19. अल्ट्रानेट कम्युनिकेसन प्रालि

  20. वेब सर्फर नेपाल कम्युनिकेसन्स सिस्टम प्रालि

अबको १५ दिनभित्र बक्यौता नतिरे यी कम्पनीहरूको अनुमतिपत्र नै खारेजीको प्रक्रियामा जाने भएकाले इन्टरनेट सेवा क्षेत्रमा यसको प्रभाव पर्न सक्ने देखिएको छ ।

प्रतिक्रिया