६ मंसिर २०८३, आइतबार | November 22, 2026

एनभिए मधेश प्रदेशको अध्यक्षमा शिवकुमार यादव सर्वसम्मत निर्वाचित


November 22, 2026
0
Shares

काठमाडौं । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) मधेश प्रदेशको अध्यक्षमा इ। शिवकुमार यादव सर्वसम्मत निर्वाचित भएका छन् ।

मंसिर ५ गते सम्पन्न एशोसिएशनको तेस्रो प्रदेश अधिवेशनले यादवको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा इ. शिवप्रसाद शाह र इ. विनोद श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सचिवमा इ. पवन महासेठ, सहसचिवमा इ. धिरजकुमार शाह र कोषाध्यक्षमा इ. मनोजकुमार शाह निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरूमा इ. लक्ष्मण ढकाल, इ. संजयकुमार यादव, इ. कुन्दन शर्मा, इ. सन्तोषकुमार साह र इ. शिवशंकर महतो चयन भएका छन् ।

अधिवेशनमा नेपाल भ्यालुयर्स एशोसिएशनका केन्द्रीय अध्यक्ष इ. संजयकुमार महतो प्रमुख अतिथि तथा केन्द्रीय उपाध्यक्ष इ. विकास वाग्ले विशेष अतिथिका रूपमा सहभागी थिए ।

अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै प्रमुख अतिथि महतो र विशेष अतिथि वाग्लेले सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

उनीहरूले नयाँ नेतृत्वले मधेश प्रदेशमा मूल्यांकन पेशाको व्यावसायिक विकास, संस्थागत सुदृढीकरण तथा मूल्यांकनकर्ताहरूको हकहित संरक्षणका लागि प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वाससमेत व्यक्त गरेका थिए ।

प्रतिक्रिया