१० मंसिर २०८२, बुधबार | November 26, 2025

माट्रिका आँखा केन्द्रका वरिष्ठ रिफ्राक्टिभ सर्जन डा. प्रधानलाई गोल्डेन प्लाक अवार्ड


November 26, 2025
166
Shares

काठमाडौं, १० मंसिर । माट्रिका आँखा केन्द्रका वरिष्ठ रिफ्राक्टिभ सर्जन डा. किशोर प्रधानलाई गोल्डेन प्लाक अवार्ड प्रदान गरिएको छ । उनलाई भारतको नयाँ दिल्लीमा आयोजित विशेष कार्यक्रमबीच इन्ट्राओकुलर इमप्लान्ट एन्ड रिफ्राक्टिभ सोसाइटी अफ इन्डियाद्वारा उक्त अवार्ड प्रदान गरिएको हो ।

डा. प्रधानलाई नेत्र विज्ञानका क्षेत्रमा दत्तचित्त भई असाधारण योगदान दिएकोमा गोल्डेन प्लाक अवार्ड प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ । माट्रिका आँखा केन्द्रले पनि डा. प्रधानलाई बधाई दिदै खुशी व्यक्त गरेको छ ।

नेपालको नेत्र विज्ञानका क्षेत्रमा डा. किशोर प्रधानले महत्वपूर्ण योगदान दिदै आएका छन् । उनी रिफ्राक्टिभ सर्जनका रुपमा नेपालमा मात्र नभई विदेशमा समेत ख्यातिप्राप्त छन् ।

प्रधानले देश विदेशमा नेत्र विज्ञानमा गहिरो अध्ययन गर्नुका साथै रिफ्राक्टिभ सर्जनका रुपमा दुई दशकभन्दा बढी समययता कार्य गर्दै आएका छन् । उनी सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय चिकित्सक हुन् ।

प्रतिक्रिया