१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

पाटनका रेजिडेन्ट डाक्टरलाई २४ घण्टे ड्युटीपछि अनिवार्य विश्रामको व्यवस्था


October 2, 2026
0
Shares

काठमाडौं । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्ना विभाग प्रमुख तथा कार्यक्रम निर्देशकहरूलाई स्नातकोत्तर आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर) हरूले लगातार २४ घण्टा ड्युटी पूरा गरेपछि अनिवार्य रूपमा पर्याप्त विश्राम पाउने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

नेपाल मेडिकल काउन्सिल र चिकित्सा शिक्षा आयोगको निर्देशन तथा पत्रलाई आधार मान्दै प्रतिष्ठानका स्कूल अफ मेडिसिनका डीन डा.आशिष श्रेष्ठद्वारा जारी सूचनामा यो व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरिएको छ।

​प्रतिष्ठानले सक्षमतामा आधारित चिकित्सा शिक्षा सञ्चालन गर्दै आएको र यसै शैक्षिक दर्शनअनुरूप आवासीय चिकित्सकहरूको दक्षता, व्यावसायिक निष्ठा तथा सिकाइ अवसर सुनिश्चित गर्न जोड दिएको छ।

पीजी कार्यक्रम सक्षमतामा आधारित भएकाले तोकिएको अवधिभित्र निर्धारण गरिएका सक्षमता हासिल हुने गरी शिक्षण सिकाइ तथा निर्माणात्मक मूल्याङ्कन सम्बन्धी गतिविधिहरूलाई समयबद्ध, व्यवस्थित र प्रभावकारी रूपमा अगाडि बढाउनसमेत निर्देशनमा भनिएको छ।

प्रतिक्रिया