१ चैत्र २०८१, शनिबार | March 16, 2025

नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सवमा प्रभातफेरी


83
Shares

काठमाडौं,२ फागुन । नागरिक लगानी कोषले ३५ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । कोषले चैत ४ गते ३५ औं वार्षिकोत्सव कार्यक्रम मनाउँदै छ ।

प्रभातफेरीमा कोष सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशक लगायत सम्पूर्ण कर्मचारीले सहभागिता जनाउनु भएको थियो ।

कोष कार्यालय परिसरबाट ब्यानरसहित सुरु भएको प्रभातफेरी कार्यक्रम तीनकुने, सिनामंगल, पुरानो बानेश्वर हुँदै कोष परिसरमा आएर सम्पन्न भएको हो ।

वार्षिकोत्सवको अवसरमा कोषले विभिन्न खेलकुद तथा रक्तदानका कार्यक्रम गर्दै आइरहेको छ ।

प्रतिक्रिया