घोप्टेभीरमा ठूलो सुक्खा पहिरो, पृथ्वी राजमार्ग अझै अवरुद्ध
धादिङ। पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्डको घोप्टेभीरमा गएको ठूलो सुक्खा पहिरो हटाउन थप ३ घण्टा लाग्ने भएको छ। पहिरोका कारण बिहानैदेखि सडकमा दुईतर्फी यातायात अवरुद्ध भएको छ।
आज बिहान ठूलो परिमाणमा सुक्खा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको हो। पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउन तीनवटा मेसिन तथा उपकरण परिचालन गरिएको छ। त्यसका अतिरिक्त थप दुईवटा मेसिन परिचालन गर्ने तयारी भइरहेको छ।
सुरुमा तीन घण्टाभित्र पहिरो हटाएर सडक खुलाउने लक्ष्य राखिए पनि काम अपेक्षाभन्दा लामो समय लाग्ने देखिएको छ। पछिल्लो जानकारीअनुसार अब थप तीन घण्टाभित्र पहिरो हटाएर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको नागढुंगा–मुग्लिन सडक योजना ९पश्चिम खण्ड०ले जनाएको छ।
सडक अवरुद्ध हुँदा पृथ्वी राजमार्ग भएर यात्रा गर्ने सवारीसाधन तथा यात्रु प्रभावित भएका छन्। पहिरो हटाउने काम पूरा नभएसम्म यात्रुलाई धैर्य गर्न र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरिएको छ।


