९ माघ २०८१, बुधबार | January 22, 2025

एनभिएका अध्यक्ष नेपाल इन्जिनियर्स एशोसिएशनको सल्लाहकार परिषदमा मनोनित


January 22, 2025
3k
Shares

काठमाडौं,९ माघ । नेपाल भ्यालुयर्स एसोशिएसन (एनभिए)का अध्यक्ष ई. संजय कुमार महतो नेपाल इन्जिनियर्स एशोसिएशन (एनइए)को सल्लाहकार परिषद्को पदेन सदस्यमा मनोनित भएका छन् ।

ई. महतोलाई नेपाल इन्जिनियर्स एशोसिएशको विधान–२०५१ को परिच्छेद ५ दफा १६ (१) ञ को व्यवस्था अनुरुप ३४औं केन्द्रीय कार्यकारिणी समितिद्धारा गठित सल्लाहकार परिषदको पदेन सदस्यमा मनोनयन गरिएको पत्रमा उल्लेख छ ।

महासचिव विनोद प्रकाश पण्डितद्धारा हस्ताक्षरित मनोनयन पत्रमा ई. महतोबाट एशोसिएशनको हित तथा संस्थागत विकासमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गर्दै उनलाई सफल कार्यकालको शुभकामना पनि दिइएको छ ।

प्रतिक्रिया