दीपक मनाङेलाई आजै कारागार चलान
काठमाडौं,२७ कात्तिक। ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद दीपक मनाङे (राजीव गुरुङ)लाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लगिएको छ ।
सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका मनाङे काठमाडौंबाट आजै पक्राउ परेका हुन् ।
गुण्डा नाइके चक्रे मिलनको हात काटेको घटनामा संलग्न मनाङेलाई सर्वोच्चले दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय सुनाएको थियो । उनलाई अदालतको फैसला कार्यान्वयनका लागि आजै कारागार चलान गरिँदैछ ।