३० आश्विन २०८१, बुधबार | October 16, 2024

जय नेपाल फाउण्डेसनलाई राष्ट्रपति पौडेलको शुभकामना


October 6, 2024
20k
Shares

काठमाडौं,२० असोज ।  राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको मन छुने काम गरेर समाज र राष्ट्रका पक्षमा योगदान पु¥याउन जय नेपाल फाउण्डेसनलाई शुभकामना दिनुभएको छ ।
विजया दशमीका अवसरमा शीतल निवासमा जय नेपाल फाउण्डेसनका प्रतिनिधिमण्डलसँगको भेटमा राष्ट्रपति पौडेलले सबैको हृदय छुने रचनात्मक र प्रभावकारी काम गर्न सुझाव दिदै शुभकामना व्यक्त गर्नुभएको हो ।

भेटवार्तामा फाउण्डेसनका अध्यक्ष बद्री अर्याल र संस्थापक सदस्य विजुला वर्मा राणाले संस्थाको उद्धेश्य र गतिविधिवारे राष्ट्रपति पौडेललाई जानकारी गराउनुभएको थियो ।  जुझारु युवाहरुको पहलमा जय नेपाल फाउण्डेसन स्थापना गरि राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा काम गरिरहेकोमा फाउण्डेसनलाइ धन्यवाद दिदै राष्ट्रपति पौडेलले अझै शशक्त ढंगले अघि वढ्न सुझाव दिनुभयो ।

सो अवसरमा फाउण्डेसनका तर्फवाट राष्ट्रपति पौडेललाई विजया दशमी, दिपावली, नेपाल संवत तथा छठको शुभकामना व्यक्त गरिएको थियो । राष्ट्रपति पौडेलले पनि जय नेपाल फाउण्डेसन तथा जय नेपाल अन्तराष्ट्रिय फाउण्डेसनमा आवद्ध स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिवहिनीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो ।

योग्य र इमान्दार नेता भन्दै पण्डितको प्रशंसा
भेटवार्तामा राष्ट्रपति पौडेलले जय नेपाल अन्तराष्ट्रिय फाउण्डेसनका अध्यक्ष प्राध्यापक डाक्टर यादव पण्डितको खुलेर प्रशंसा गर्नुभएको थियो । पण्डित इमान्दार र योग्य व्यक्ति भएको वताउदै राष्ट्रपति पौडेलले योग्य र इमान्दार दुबै गुण भएको नेता भन्दै पण्डितको प्रशंसा गर्नुभएको भेतवार्तामा सहभागि फाउण्डेसनका संस्थापक सदस्य सचिव विजयराज अधिकारीले जानकारी दिनुभयो । पण्डितको नेतृत्वमा स्थापना भएको फाउण्डेसनले पक्कै राम्रो काम गर्ने विश्वास समेत राष्ट्रपति पौडेलको रहेको थियो ।

प्रतिक्रिया