भारत, चीन र इजरायलका राजदूतले लिए शपथ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले सोमबार भारतका लागि डा। निश्चलनाथ पाण्ड, चीनका लागि डा। कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णलाई आवासीय राजदूत नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई नियुक्त गरेका हुन् ।


