सानेपामा खड्का र कोइरालाका लागि वरिष्ठ नेताको हैसियतामा छुट्टै कार्यकक्ष राखिदै
काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशनमा सहभागी नभएका नेताद्वय पूर्णबहादुर खड्का र डा। शेखर कोइरालाका लागि छुट्टै कोठाको व्यवस्था गरेको छ ।
सभापति गगनकुमार थापाले पूर्वउपसभापति खड्का र नेता कोइरालाका लागि सानेपास्थित पार्टी कार्यालयमा छुट्टै कोठाको व्यवस्था गर्न लगाएका हुन् ।
स्रोतका अनुसार नेताद्वय खड्का र कोइरालालाई वरिष्ठ नेताको हैसियतमा प्रयोग गर्नेगरी कांग्रेसले कार्यालयमा छुट्टै कोठाको व्यवस्था गरेको हो । उनीहरूका लागि उपसभापति मधु आचार्यको कार्यकक्ष अगाडि दुईवटा छुट्टा–छुट्टै कार्यकक्ष तयार गरिएको स्रोतको भनाइ छ ।
ती कोठाहरू दुई जना सहमहामन्त्रीहरूले आफ्नो कार्यकक्ष बनाउन इच्छा देखाए पनि कार्यावहक मुख्यसचिव कृष्णप्रसाद दुलालले नेताद्वय खड्का र कोइरालाका लागि राखिएको जवाफ दिएको स्रोतको भनाइ छ ।


