१३ आश्विन २०८१, आइतबार | September 29, 2024

कांगेसभित्रै लोकतान्त्रिक संस्कार कमजोर बनेकोमा चिन्ता


September 27, 2024
7.5k
Shares

काठमाडौं,११ असोज । लोकतन्त्रमा विश्वास गर्ने पार्टी नेपाली कांगेसभित्रै लोकतान्त्रिक संस्कार र व्यवहार कमजोर देखिन थालेको भन्दै नेताहरुले चिन्ता व्यक्त गरेका छन् । पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर हुन नदिन खवरदारी सहितको जिम्मेवारी पुरा गर्न जरुरी रहेको उनिहरुको निश्कर्ष रहेको छ ।

जय नेपाल फाउण्डेसनले आयोजना गरेको लोकतान्त्रिक संस्कार र राजनीतिक दलहरुमा आन्तरिक लोकतन्त्रको प्रश्न बिषयक बैचारिक वहशमा सहभागी कांग्रेस नेताहरुले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको पार्टी कागेसले लोकतन्त्रलाइ सार्थक वनाएर हुर्काउने जिम्मेवारी समेत निर्वाह गर्नुपर्ने उल्लेख गर्दै वोलि,व्यवहार, कार्यशैली र निर्णय पकृयामा समेत लोकतान्त्रिक संस्कार देखिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांगेसका केन्दीय सदस्य तथा संसदको राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडाले लोकतन्त्रवादी नेता कृष्णप्रसाद भट्टराईको स्मरण गर्दै नेपाली कांगेस अरुभन्दा लोकतान्त्रिक पार्टी रहेको उल्लेख गर्नुभयो । कागेस सभापति शेरवहादुर देउवाले समेत आफनै विरोधिलाइ टिकट दिएर सांसद वनाउनुभएयो उदाहरण दिदै खतिवडाले आफुसँग प्रतिस्पर्धा गरेका सबैलाइ समेटेर देउवाले प्रजातान्त्रिक संस्कार र संस्कृतिको उदाहरण देखाएको उल्लेख गर्नुभयो । नेताको कान भर्ने भन्दा काम गर्ने तथा परिक्रमा गर्ने भन्दा परिश्रमी कार्यकर्ताले अवसर पाउने वातावरण बन्नुपर्नेमा खतिवडाको जोड थियो ।

वहशमा नेपाली कांगेसका केन्दीय सदस्य उमेशजंग रायमाझीले लोकतन्त्रका नाममा मजाक नगर्न सबैलाइ खवरदारी गर्नुभयो । लोकतन्त्रमा जिस्कने र जिस्क्याउने काम गर्न नहुने रायमाझिको सुझाव थियो ।
यसैगरि कांग्रेस केन्दीय सदस्य राजिव ढुंगानाले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको पार्टी भएकाले लोकतन्त्रलाई सार्थक लोकतन्त्र वनाएर हुर्काउने जिम्मेवारी पनि कांगेससँग नै भएको उल्लेख गर्नुभयो ।

नेपाली कागेसका नेता तथा राष्ट्रिय योजना आयोगका पुर्व केन्दीय सदस्य डा.अनिता शाहले विधि–विधान अनुसार सबै चल्नुपर्ने तथा सबैको सह–अस्तित्व, समन्वय र सहकार्य तीन स जरुरी रहेकोमा जोड दिनुभयो । नियमित बैठक, अनुशासन समितिको प्रभावशालीता, बैचारिक बहस र प्रशिक्षण तथा समयमा महाधिवेशन एवं आफना कमजोरीको समिक्षा, पार्टी कोषको पारदर्शीता, जनप्रतिनिधिलाइ निगरानी गर्नुपर्नेमा शाहले जोड दिनुभयो ।

राजनीतिक विश्लेषक राजु नेपालले लोकतन्त्रका चार पिलर इलेक्सन ,पाटिसिपेसन, इक्युटी तथा एक्वालीटी र फ्रिडमका बिषयमा चर्चा गर्दै आन्तरिक लोकतन्त्र वलियो बनाउन पार्र्टी कोषको पारदर्शीता र टिकट वितरण प्रणालीमा सुधारको आवश्यकता औल्याउनुभयो ।

कार्यक्रममा नेपाल महिला संघका केन्द्रीय सदस्य नीनु कर्णले लोकतन्त्रको संस्कार नेपाली कांगेसबाटै आएको तर अहिले हराउदै जानथालेकोमा चिन्ता व्यक्त गर्नुभयो । काग्रेसको आधारभुमी मधेशमा कांगेसको नेतृत्वमा आजसम्म सरकार बन्न नसक्नु दुर्भाग्यपुर्ण रहेको कर्णको भनाई थियो ।

जय नेपाल फाउण्डेसनका संस्थापक सदस्य तथा बैचारिक वहशका संयोजक विजुला वर्माले संचालन गर्नुभएको कार्यक्रममा राजनीतिक बिष्लेषक लोकेश ढकाल, संस्थाका अध्यक्ष बद्री अर्याल,किसान महासंघका केन्दीय सदस्य अन्जान लामा, कांग्रेस नेता थल कुमार लिंखा, अर्थशास्त्री भावुकराज नेउपाने राष्ट्रिय खेलाडी मनिषा रानाभाट काग्रेस नेता गिता सत्यात र ज्ञानु तिमिल्सेना समेत सहभागि हुनुहुन्थ्यो । जय नेपाल फाउण्डेसनले हरेक सुक्रवार विभिन्न विषयमा बैचारिक वहश संचालन गर्दै आइरहेकोे फाउण्डेसनका संस्थापक सदस्य सचिव विजयराज अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया