होटल डिलाइट : काठमाडौंको मुटुमा उत्कृष्ट सेवासहितको आतिथ्य सत्कार
काठमाडौँ । काठमाडौंको व्यस्त शहरी चापलाई सुरक्षित र भरपर्दो वातावरणमा विदेशी र स्वदेशी पर्यटकका लागि उत्कृष्ट सेवा दिँदै आएको होलट डिलाईटले आतिथ्य सत्कारमा नविनतम पहिचान स्थापित गरेको छ ।
सुविधा, सुरक्षा र आरामलाई प्राथमिकतामा राख्दै सञ्चालन गरिएको यस होटलले छोटो समयमै देशकै ठूलो पर्यटकीय शहर ठमेललाई केन्द्रमा राखेर आफ्नो विषेश पहिचान स्थापित गरेको छ ।
आधुनिक सुविधा र नेपाली आतिथ्य संस्कृतिको उत्कृष्ट संयोजनले होटल डिलाइटलाई विशेष बनाएको छ । १८ वटा पूर्ण रूपमा सुसज्जित एसी रूमहरू उपलब्ध रहेको होटलमा रुमहरु फराकिलो, आकर्षक र आधुनिक डिजाइनमा तयार पारिएको छ । जसले पाहुनाहरूलाई घरको जस्तै आरामको अनुभूति दिलाउँछ ।
होटलका व्यवस्थापक तथा महाप्रबन्धक युवराज न्यौपानेले आगामी दिनहरूमा अझ उत्कृष्ट सेवा, आधुनिक सुविधा र गुणस्तर थप गर्दै होटललाई अझ उच्च स्तरमा पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
पूर्णरुपमा पारिवकारी वातावरण रहेको होटल सफा, शान्ति र सुरिक्षत छ । गुणस्तरीय सेवालाई प्राथमिकताम राखिएको होटलले जानकारी दिएको छ । होटलको रूफटप रेष्टुरेन्ट अर्को आकर्षणको केन्द्र हो । यहाँबाट काठमाडौँ उपत्यकाको मनोरम दृश्य अवलोकन गर्दै स्वादिष्ट परिकारहरूको आनन्द लिन सकिन्छ । प्रशस्त पार्किङको व्यवस्थापनले होटलको सुविधालाई थप उचाइमा पुर्याएको छ ।
व्यस्त पर्यटकीय क्षेत्रमा समेत पाहुनाहरूले बिना झन्झट आफ्नो सवारी सुरक्षित रूपमा पार्क गर्न सक्ने होटलले बताएको छ ।
ठमेल र नयाँबजारको मुख्य हाईवेमा अवस्थित यस होटलमा पुग्न अत्यन्त सजिलो छ । यातायातको सहज पहुँचका कारण पाहुनाले कुनै झन्झट व्यहोर्न पर्दैन । पर्यटनको दृष्टिकोणले पनि होटलको लोकेशन उपयुक्त दुरिमा रहेको छ । ठमेल, पशुपतिनाथ लगायतका प्रमुख पर्यटकीय स्थलहरू होटलबाट निकै नजिकबाट दृष्यावलोकनका लागि सहज दुरिमा छ ।
होटलबाट काठमाडौँका अन्य ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक स्थलहरू पनि सहज यातायातको पहुँचमा भएकाले होटल थप आकर्षणको केन्द्रमा छ । जसका कारण स्वदेशी तथा विदेशी दुवै प्रकारका पर्यटकहरूको रोजाइमा होटल डिलाइटले उत्कृष्ट सेवा दिइरहेको छ । प्रशिक्षित कर्मचारीको नम्र र अत्यन्तै सहयोगी भावले पाउनालाई थप सहज बनाएको छ । आधुनिक सुरक्षा प्रणालीमार्फत पाहुनाहरूलाई सुरक्षित र निर्धक्क बसाइको अनुभूति दिलाइन्छ । सुलभ मूल्यमा उत्कृष्ट सुविधा उपलब्ध गराउने लक्ष्यका साथ एक दशकदेखि होटल सञ्चालन भइरहेको छ ।
होटल डिलाइट प्रा.लि.ले पारिवकारीक वातावरणमा काठमाडौँमा बसोबासका लागि उत्कृष्ट, भरपर्दो र आकर्षक गन्तव्यको रूपमा आफुलाई प्रस्तुत गरिरहेको छ ।

