१० मंसिर २०८३, बिहिबार | November 26, 2026

प्रतिस्पर्धा सकियो, अब एकताबद्ध भएर अघि बढौँ : बलदेव तिमल्सिना


November 26, 2026
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलदेव तिमल्सिनाले पार्टीभित्रको प्रतिस्पर्धा र निर्वाचनसम्बन्धी प्रक्रिया सम्पन्न भइसकेकाले अब एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको आन्तरिक अभ्यास र निर्वाचन आयोगबाट पार्टीको नयाँ नेतृत्वसम्बन्धी प्रक्रिया विधिवत् रूपमा सम्पन्न भएको उल्लेख गर्दै उनले स्वाभाविक निष्कर्षमाथि अनावश्यक टीकाटिप्पणी गरिरहनु आवश्यक नरहेको बताएका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै तिमल्सिनाले विधिको शासन र लोकतान्त्रिक मूल्य–मान्यतामा विश्वास गर्नेहरूले निर्वाचनको परिणामलाई स्वाभाविक रूपमा स्वीकार गर्नुपर्ने बताएका छन् ।

‘प्रतिस्पर्धा सकिएपछि एकताबद्ध भई अघि बढ्नु नै परिपक्वता हो,’ उनले लेखेका छन् ।

उनले अब विगतका विषयमा अल्झिनुभन्दा भविष्यका चुनौती र जनताको विश्वास जित्ने विषयमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन् ।

पार्टीको आगामी यात्रालाई सफल बनाउन उच्च विनम्रता र फराकिलो सोच आवश्यक रहेको उल्लेख गर्दै तिमल्सिनाले सबैलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन् ।

प्रतिक्रिया