४ पुस २०८१, बिहिबार | December 19, 2024

कृषि विकास बैंकद्धारा १० प्रतिशत लाभांश घोषणा


December 19, 2024
83
Shares

काठमाडौं,४ पुस । कृषि विकास बैंक लिमिटेडले १०.५३ प्रतिशत लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको ४ पुस (आज) बसेको ११३७औं बैठकले आर्थिक वर्ष २०८०र८१ को वितरणयोग्य मुनाफाबाट साधारण चुक्ता पूँजी १३ अर्ब ४५ करोड १६ लाख ७४ हजार ७८ को ३ प्रतिशतले बोनस सेयर लाभांश र त्यसमा लाग्ने करसमेत गरी ७.५३ प्रतिशतले हुन आउने नगद लाभांश घोषणा गरेको हो ।

त्यसैगरी बैठकले सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्रिधिकार सेयर पूँजी ५ अर्ब ४३ करोड २७ लाख १२ हजार रुपैयाँमा समेत वार्षिक ६ प्रतिशतले हुन आउने नगद लाभांश प्रदान गर्ने निर्णय समेत गरेको छ । साथै लेखा परीक्षणपछि प्राप्त वित्तीय विवरण अनुसार सेयरधनीलाई नगद वा बोनस कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सञ्चालक समिति बैठकले उक्त वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने जनाएको छ ।

प्रतिक्रिया