१० आश्विन २०८३, शनिबार | September 26, 2026

सुदूरपश्चिमका यी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक


September 26, 2026
0
Shares

सुदूरपश्चिम । लगातारको वर्षाका कारण सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुदूरपश्चिमका जिल्लामा सवारीसाधन आवागमनमा रोक लगाइएको छ । पहाडी जिल्ला कैलाली–कञ्चनपुरबाहेक सबै ७ जिल्लामा शनिबार बिहान ७ बजेदेखि आइतबार बिहानसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले सूचना जारी गर्दै सवारीसाधन सञ्चालनमा रोक लगाइएको बारे जानकारी गराएका छन् ।
लगातारको वर्षाका कारण हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो ।

पहाडी जिल्लामा छोटो तथा लामो दूरीका कुनै पनि सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ ।

पहिलो चरणमा शनिबार बिहान ७ देखि आइतबार बिहान ७ बजेसम्मका लागि सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । तराईका कैलाली र कञ्चनपुरमा भने जोखिम कम हुने भएकाले सवारीसाधन चलिरहेका छन् ।

ट्राफिक प्रहरीले सूचना थाहा नपाएर पहाडतर्फ गइरहेका केही गाडी कैलालीको खानीडाँडामा रोकेर फर्काइएको जनाएको छ । सुदूरपश्चिमा ९ वटै जिल्लामा शुक्रबारदेखि निरन्तर वर्षा भइरहेको छ ।

वर्षाका कारण बाढी तथा पहिरोको जोखिम हुने भएकाले सबैलाई सचेत रहन समेत स्थानीय प्रशासनले आग्रह गरेका छन् ।

प्रतिक्रिया