३१ भाद्र २०८१, सोमबार | September 17, 2024

नाडा अटो शो लक्षित कृषि विकास बैंकको यस्तो छ कर्जा योजना


August 29, 2024
664
Shares

काठमाडौँ,१३ भदौं । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी ‘१६औं ‘नाडा अटो शो २०२४’ लाई लक्षित गर्दै बैंकहरूले कर्जाको सेवा शुल्क र ब्याजदर छुट, कर्जा अवधि लगायत विशेष अफर ल्याएका छन् ।

कृषि विकास बैंकले पनि नाडा अटो शोमा पहिलो पटक स्टल राखेको छ । बैंकले ब्याजदर प्रिमियममा ८२ प्रतिशतसम्म र सेवा शुल्कमा ३३ प्रतिशतसम्मको छुट योजना ल्याएको छ । त्यस्तै,आधार दरमा २ प्रतिशतको फ्लोटिङ ब्याजदरको कर्जा योजना भए पनि नाडा अटो शोमा प्रिमियममा ८२ प्रतिशतसम्मको छुटसहित ७.९९ प्रतिशत ब्याजदरमा कर्जा योजना ल्याएको बैंकले जनाएको छ ।

बैंकका अनुसार ७ वर्षका लागि ८.९९ प्रतिशत स्थिर ब्याजरमा बैंकले कर्जा दिने छ । बैंकले सेवा शुल्क ०.७५ प्रतिशत भए पनि नाडा अटो शोका लागि ३३ प्रतिशत छुटसहित ०.५ प्रतिशत मात्रै सेवा शुल्कमा कर्जा दिने योजना ल्याएको छ ।

शोमा स्टल राखेका अन्य बैंक तथा वित्तिय संस्थाभन्दा कृषि विकास बैंकले दिने ब्याजदर सबैभन्दा सस्तो रहेको बैंकले दाबी गरेको छ । शोमा स्टल राख्दा ग्राहकहरुले पनि राम्रो प्रतिक्रिया दिने गरेको बैंकले जनाएको छ ।
यस वर्षको प्रदर्शनीमा २४ चार–पांग्रे ब्रान्डहरू, १९ दुई–पांग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारीसाधन प्रदर्शनीमा राखिएको छ ।

शोमा नयाँ गाडी मात्रै होइन, गाडी किन्नका लागि कर्जा दिन बैंक तथा वित्तीय संस्थाले पनि स्टल राखेका छन्। त्यतीमात्र नभई शोमा लुब्रिकेन्ट, टायर, व्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू गरी ३३ कम्पनीहरूले पनि स्टल राखेका छन।

शोका लागि नै भनेर बैंकहरूले कर्जाको सेवा शुल्क र ब्याजदर छुट, कर्जा अवधि लगायत विशेष अफर ल्याउने गरेका छन। राष्ट्र बैंकले ईभीलाई प्रोत्साहन गर्न २० प्रतिशत मात्रै डाउन पेमेन्ट गरेर ८० प्रतिशत कर्जा लगानी गर्न सक्ने व्यवस्था गरेको छ।

इन्धनबाट चल्ने सवारीसाधनमा भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर ५० प्रतिशत मात्रै कर्जा दिन सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। त्यसै अनुसार शोमा बैंक तथा वित्तीय संस्थाले गाडी खरिदका लागि विभीन्न अफर सञ्चालनमा ल्याएका हुन्।

 

प्रतिक्रिया