३१ भाद्र २०८१, सोमबार | September 17, 2024

ललितपुरको मंगलबजारमा बृहत रक्तदान कार्यक्रम सम्पन्न


August 17, 2024
2.3k
Shares

काठमाडौं,१ भदौ । शनिबार ललितपुरको मंगलबजारमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रिजन एमजेएफ चिन्तन बज्राचार्य, लायन्स क्लब अफ ललितपुर इलाइटका अध्यक्ष प्रसन शाक्यलगायत विभिन्न लायन्स क्लबहरुले संयुक्त रुपमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेका हुन् । ललितपुर महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा शनिबार मंगलबजारमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

बृहत रक्तदान कार्यक्रममा डिस्ट्रिक ३२५ एसका विभिन्न क्लबहरुबाट ८२ पिन्ट रगत संकलन भएको लायन्स क्लब अफ मकवानपुर सगरमाथा स्मार्टका चार्टर सुरज अर्यालले जानकारी दिनुभयो ।

लायन्स क्लब ललितपुर लायन्स इन्टरनेसनलका डिस्ट्रिक को चिफ एड्भाइजर भिकेएस ठकुरी,डिस्ट्रिक डेपुटी चिफ लायन अरुण कुमार गुरुङ,मकवानपुर इनोभेटिभका अध्यक्ष सरिता गुरुङ कार्कीलगायत सो रक्तदान कार्यक्रममा लायन्स क्लब अफ युनाइटेड सगरमाथा, लायन्स क्लब अफ मकवानपुर इनोभेटिभ र लायन्स क्लब अफ मकवानपुर सगरमाथा स्मार्ट गरी तीन ओटा लायन्स क्लबहरुका उच्च पदाधिकारीहरुको बाक्लो उपस्थिति थियो । कार्यक्रममा सम्पुर्ण लायन्स लिडरहरुसहित आइपीडिजी अम्बर बहादुर श्रेष्ठको पनि विशेष सहभागिता थियो ।

प्रतिक्रिया