१० आश्विन २०८३, शनिबार | September 26, 2026

तीन दशकको राजनीतिक अनुभवसहित महाधिवेशन प्रतिनिधिमा व्यास–१० का उत्तम मिश्र


September 25, 2026
3.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा तनहुँको व्यास नगरपालिका–१०, सेवरका उत्तम मिश्रले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी प्रस्तुत गरेका छन्। विद्यार्थी राजनीतिबाट कांग्रेसको संगठनमा सक्रिय भएका मिश्रले तीन दशकभन्दा लामो राजनीतिक यात्राको अनुभवसहित महाधिवेशन प्रतिनिधिमा आफ्नो दाबी अघि सारेका हुन्।

विद्यार्थी संगठनदेखि पार्टीका विभिन्न तह हुँदै नेपाल तरुण दलको केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेका मिश्रले संगठन निर्माण, युवा परिचालन र पार्टीको आन्तरिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका छन्।

मिश्रले २०५२ सालमा बाराही माध्यमिक विद्यालय, फराकचौरको नेपाल विद्यार्थी संघ ९नेविसंघ० अध्यक्षबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए। २०५७ सालमा सरस्वती क्याम्पस, ठमेलमा स्वतन्त्र विद्यार्थी युनियनको सभापति पदमा प्रत्यासी बनेका उनी २०५९ सालमा नेविसंघ तनहुँ जिल्ला सदस्य र २०६२ सालमा नेविसंघ तनहुँ–काठमाडौं सम्पर्क समितिको अध्यक्ष बने।

त्यसपछि २०६८ देखि २०७२ सालसम्म नेविसंघ केन्द्रीय समितिको सदस्य तथा कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालेका मिश्रले विद्यार्थी राजनीतिमा आफ्नो अनुभव र संगठनात्मक क्षमता विस्तार गरेका थिए।

विद्यार्थी राजनीतिबाट प्राप्त अनुभवलाई पार्टी संगठनमा जोड्दै अघि बढेका मिश्र २०७९ सालमा नेपाली कांग्रेस तनहुँ–काठमाडौं सम्पर्क समितिको सभापति बने। त्यसको एक वर्षपछि २०८० सालमा नेपाल तरुण दलको केन्द्रीय सदस्य बनेसँगै उनको राजनीतिक यात्रा विद्यार्थी संगठनबाट युवा संगठनको केन्द्रीय नेतृत्वसम्म पुगेको छ।

अनुभवलाई पार्टीको मूल संगठनमा जोड्ने लक्ष्य

विद्यार्थी संगठन र तरुण दलमा काम गरेको अनुभवलाई पार्टीको मूल संगठनमा थप जिम्मेवारी निर्वाह गर्ने आधारका रूपमा प्रस्तुत गर्दै मिश्रले महाधिवेशन प्रतिनिधिमा आफ्नो दाबी अघि सारेका छन्।

‘नयाँ सोच, सक्षम नेतृत्व, सबैका लागि कांग्रेस’ भन्ने नारासहित अघि बढेका मिश्रले राष्ट्रियता, प्रजातन्त्र र समाजवादका मूल आदर्शलाई आत्मसात् गर्दै समावेशी कांग्रेस निर्माण र समृद्ध नेपालका लागि योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

लामो समयदेखि पार्टीको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका मिश्रले महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीको नीति, विचार र संगठन सुदृढीकरणमा भूमिका निर्वाह गर्ने लक्ष्य राखेका छन्।

विद्यार्थी राजनीतिदेखि तरुण दलको केन्द्रीय नेतृत्वसम्मको अनुभव बोकेर महाधिवेशन प्रतिनिधिमा अघि बढेका मिश्रको उम्मेदवारीसँगै व्यास–१० मा कांग्रेसको आन्तरिक प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।

प्रतिक्रिया