२२ भाद्र २०८१, शनिबार | September 8, 2024

‘बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्ति’


415
Shares

काठमाडौं, ६ साउन । आषाढ पूर्णिमाको शुभ अवसरमा काठमाडौंस्थित भारतीय राजदूतावासले आइतबार आयोजना गरेको कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिहरुले सहभागीता जनाएका छन् । कार्यक्रममा थेरावडा संघ, महायाना संघ र वज्रयान संघले विधिपूर्वक प्रार्थना गरेका थिए । तत्पश्चात बौद्ध सुत्रबाट प्रार्थनाको वाचन र अपर्ण गरिएको थियो ।

भगवान् बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई उपदेश दिनुभएको क्षण आषाढ पूर्णिमा भएको बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले दिनुभएको यस उपदेशले हामीलाई ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे चिनाएको थियो । यस दिनलाई ‘धर्म चक्रको पहिलो फन्को’ को रुपमा पनि चिन्ने गरिन्छ ।

नेपालस्थित भारतीय राजदूतावासका उप–प्रमुख प्रसन्न श्रीवास्तवले भगवान् बुद्धले दिनुभएको शिक्षाको महत्वमाथि प्रकाश पार्दै दुवै भारत र नेपालमा रहेका पवित्र बौद्ध स्थलले दुवै देशबीचको साझा साँस्कृतिक सम्पदालाई उदाहरणको रुपमा चित्रण गरेको बताए। उनले शताब्दीयौंदेखि कायम सम्बन्धलाई अघि बढाउँदै बौद्ध धर्म लामो समयदेखि भारत र नेपाललाई जोड्ने एक शक्तिको रुपमा रहेको बताए ।

प्रतिक्रिया