३१ भाद्र २०८१, सोमबार | September 17, 2024

काङ्ग्रेस समर्थकलाई प्रश्न : पीडितको वास्तबिक पीडा थाहा छ ?


2k
Shares

काठमाडौं,१४ जेठ । अधिवक्ता आकृति रायमाझीले नेपाली कांग्रेसका समर्थकहरुलाई ‘पीडितको वास्तबिक पीडा थाहा छ’ भन्दै प्रश्न गरेकी छिन् । सहकारी ठगीविरुद्ध कांग्रेसले आइतबार गरेको सडक आन्दोलनलाई लक्षित गर्दै रायमाझीले महत्वपुर्ण ५ वटा प्रश्न गरेकी हुन् ।

लाउड़ा प्रकरण देखि वाइडबडी, बीपी प्रतिष्ठानको हिनामीना, बालमन्दिरको जग्गा, भूटानी शरणार्थी, टेरामेक्स,free visit visa, टीकापुर जग्गा प्रकरण जस्ता धेरै आरोप–प्रत्यारोपले घेरिएका काङ्ग्रेसका नेताहरु बिरुद्ध पनि प्रदर्शन गर्नुपर्नेमा उनले सिंगो पार्टीलाई नै ध्यानाकर्षण गराएकी छिन् ।

यस्ता छन् रायमाझीका ५ प्रश्न

१.काङ्ग्रेसले आज सम्म घोटालै, घोटाला र भ्रष्टाचारको नाइकेको काम ग¥यो र आज सहकारी ठगीबिरुद्ध बचतकर्तालाई न्याय दिन बिरोध प्रदर्शन गर्दा त्यो रुख मुनि कति सहकारी पीडित थिए?

२.पार्टीको महासमिति सदस्य समेत रहेका राम कुमार रेग्मी जस्ताले काङ्ग्रेसकै ठुला नेताहरुलाई भूटानी बन्न पैसा दिएको बारे चर्चा नगर्ने ? ती चाही पीडित हैनन् ?

३.लाउड़ा प्रकरण देखि वाइडबडी, बीपी प्रतिष्ठानको हिनामीना, बालमन्दिरको जग्गा, भूटानी शरणार्थी, टेरामेक्स,free visit visa, टीकापुर जग्गा प्रकरण जस्ता धेरै आरोप–प्रत्यारोपले घेरिएका काङ्ग्रेसका नेताहरु बिरुद्ध प्रदर्शन नगर्ने ?

४.सहकारीबाट वास्तवमा धेरै पीडित छन, पीडितले महिनौ आन्दोलन गर्दा काङ्ग्रेसको सरकारले वास्ता गरेन कोही नेतालाई वास्ता लागेन, अहिले पनि ती हसिलो मुहारले पीडितको नाममा सस्तो राजनीति गर्दा पीडितले न्याय पाउलान् ?

५.को–को हुन पीडित ? पीडितको वास्तबिक पीडा थाहा छ ?

प्रतिक्रिया