१३ आश्विन २०८३, मंगलबार | September 29, 2026

इन्स्पेक्टरदेखि गाउँपालिका अध्यक्ष क्यासिनोबाट पक्राउ


September 6, 2026
747
Shares

काठमाडौं । नेपाल प्रहरीका इन्स्पेक्टरदेखि गाउँपालिका अध्यक्षसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय पोखरिया, पर्साबाट नेपाल प्रहरीका इन्स्पेक्टर प्रदीप पौडेल र सखुवाप्रसौनी गाउँपालिकका अध्यक्ष ३६ वर्षीय जसवन्त यादवसहित ८ जना क्यासिनोबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुुसार वीरगञ्ज १४ गण्डकस्थित गोल्डेन फिंगर गेमिङ जोन प्रालि नामको क्यासिनोमा उनीहरु प्रवेश गरी जुवा खेलेका थिए ।

इन्स्पेक्टर पौडेलसहित पर्साको सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव, सोही ठाउँका ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओम प्रकाश बैठा पक्राउ परेका हुन् ।

त्यसैगरी नेपालीहरुलाई क्यासिनोमा प्रवेश गराउने क्यासिनोका कर्मचारीहरु वीरुगञ्ज–१४ का २८ वर्षीय विजय कुमार पटेल, वीरगञ्ज–२५ का ३१ वर्षीय दिनेश कुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ का ४९ वर्षीय जयदेव साह, वीरुगञ्ज–१२ का ५० वर्षीय प्रदेशी साह छन् ।

प्रतिक्रिया