१३ आश्विन २०८३, मंगलबार | September 29, 2026

आज ‘जेन–जी’ सहिद दिवस


September 8, 2026
0
Shares

काठमाडौ । आज ‘जेन–जी’ सहिद दिवस। २०८२ भदौ २३ गतेको ‘जेन–जी’ आन्दोलनले राजनीतिक उथलपुथल भएको दिन।

पुरानो सरकार ढल्यो, नयाँ सरकार आयो।
अब भ्रष्टाचारी छानी–छानी जेल जान्छन्, जेनजी आन्दोलनमा ज्यान गुमाएका ती साना–साना भाइबहिनीहरूले न्याय पाउँछन्—हामीले यही आशा गरेका थियौँ।

तर आज लाग्दैछ, ती आशाहरू पनि विस्तारै मरिसकेछन्।

‘भ्रष्टाचारी’ भन्न पो कति सजिलो रहेछ, त्यसलाई प्रमाणित गर्न भने कति गाह्रो रहेछ
यदि साँच्चै भ्रष्टाचार गरेका थिए भने जेलको ढोका खोल्न कसले रोक्यो ?  किन रोक्यो ?

बेकारका आरोप, उत्तेजना र राजनीतिक नाराले देशलाई खरानी बनाइयो। जनताको आँखामा धुलो हालेर केही समय त ताली पाउन सकिएला, तर न्यायको प्रश्नबाट उम्किन सकिँदैन।

नोटः पुरानो सरकार ठीक थियो भन्न खोजिएको होइन।
गलत थियो भने प्रमाणसहित कारबाही गर। दोषी थिए भने जेल पठाऊ। निर्दोष थिए भने जनतासामु सत्य भन।

जनताको भावनासँग खेल्ने राजनीति होइन, जवाफदेही शासन चाहिएको हो।
जेनजीका ती निर्दोष सपनाहरूको मूल्यमा सत्ता बदलिएको हो भने, अब उनीहरूको न्याय पनि देखिनुपर्छ।

प्रतिक्रिया