२२ भदौ २०८३, सोमबार | September 7, 2026

कसैको उदय–पतनले अब नेपालको लोकतन्त्रको भविष्य निर्धारण गर्दैन


September 7, 2026
415
Shares

कल्याण गुरुङ्ग । आफ्नो हराएको राजनीति र गुमाएको साखलाई फर्काउन र बचाउन हिजोको पुरानो कथनको वाचन गरेर आत्मरति र आत्मसन्तुष्टिको भ्रममा बांच्नुको अब कुनै तुक र अर्थ छैन । शाहसका साथ यथार्थलाई स्विकार गर्ने हिम्मत राख्नु पर्छ ।

लोकतन्त्रमा कुनै कुनै पार्टी, दल, संस्था वा व्यक्तिको उदय वा पतन हुनु स्वभाविक र प्राकृतिक नै मानिन्छ । यस्तो नेपालमा मात्रै होईन, विश्वको अन्य लोकतान्त्रिक मुलुकहरुमा पनि पार्टी, दल, संस्था वा व्यक्तिको उदय वा पतन भई रहेको नै हुन्छ । यो कुनै नौलो विषय नै होईन ।

कुनै पार्टी, दल, संस्था वा व्यक्तिको उदय वा पतनको प्रक्रिया लोकतन्त्रको विशेषताहरु मध्येको एउटा विशेषता यो पनि हो ।

यसैले कुनै पार्टी, दल, संस्था वा व्यक्तिको उदय वा पतनको विषयलाई लोकतन्त्रको भविष्यसंग जोडेर व्यख्या गर्नु अबको दिनहरुमा बौद्धिक र सान्दर्भिक नहुन पनि सक्छ ।

नेपालमा लोकतन्त्रको पर्यायवाची लोकतन्त्र नै हो । कुनै पार्टी, दल, संस्था वा व्यक्ति होईन । यसैले अब नेपालको लोकतन्त्रलाई कुनै पार्टी, दल, संस्था वा व्यक्तिको उदय वा पतनले खासै कुनै फरक पर्दैन किनकी नेपालमा लोकतन्त्रको जड अत्यन्त बलियो भई सकेको छ ।

ढुक्क हुनु होस्, नेपालको लोकतन्त्र सदैव जीवित र गतिशील रहन्छ र अब यसलाई कसैले पनि सिध्याउन सक्दैन ।

कुनै संस्था वा दलको कमीकमजोरी हुन सक्छ, तर अब नेपालको लोकतन्त्र सुदूर भविष्यसम्म पनि कमजोर हुंदैन ।

अब जुन संस्था, दल, पार्टी वा व्यक्तिले नेपालको लोकतन्त्र सिध्याउन खोज्छ, नेपालमा उसको विनाश अनिवार्य हुन्छ ।

अब नेपालमा लोकतन्त्र केवल कुनै राजनीतिक विचार वा पद्धतिमा मात्रै सीमित रहेन, यो हरेक नेपालीको जीवन पद्धति भई सक्यो ।

सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहले नेपाल सरकारको बजेटमा उल्लेख भएर संसदले पास गरि सकेको शिक्षा र स्वास्थ्य क्षेत्रमा लाग्ने ३ प्रतिशत समता कर स्थगित गर्ने निर्णय गर्नु गम्भीर गल्ती हो ।

झट्ट सुन्दा शिक्षा र स्वास्थ क्षेत्रमा ३ प्रतिशत कर लगाउने विषय अचम्म लाग्छ, अलोकप्रिय लाग्छ, तितो लाग्छ र अप्रिय पनि लाग्छ । तर, यसको दुरगामी प्रभाव नेपाल र नेपालीको भविष्यको लागि अत्यन्त सुखद हुन्छ । शिक्षा, स्वास्थ्य र ऊर्जा क्षेत्रमा लागेको कर नेपाल र नेपालीको बृहत्तर हितमा छ ।

भविष्यमा यसले गरिब र विपन्न नेपालीलाई गुणस्तरिय शिक्षा र स्वास्थ्यमा निर्वाध पहुंच दिन्छ र असहाय मानिसहरुलाई स्वास्थ्य सेवाको नियमित र निःशुल्क अवसर मौलिक अधिकारको रुपमा सहज र सरल तरिकाले दिन्छ ।

यी करहरु सुन्दा जति अलोकप्रिय लाग्छन्, यसको फाईदा सोंचे भन्दा फराकिलो, सजिलो, विशाल, सबैको सहज पहुंच भित्र र विश्वासिलो छ ।

नेपालको राजनीतिलाई शिक्षा, स्वास्थ्य, ऊर्जा, बैंकिंग, पूर्वाधार, वन, पर्यटन, कृषी, उद्योग र व्यापार क्षेत्रमा काम गर्ने केही सीमित कथित बुद्धिजीवि, अनैतिक र गलत काम गर्ने केही माफियाहरु र साथसाथै केही गलत काम गर्ने केही ठेकेदारहरु, केही जग्गा दलालहरु, केही तस्करहरु र सरुवा बढुवा र नियुक्ति गराई दिन्छु भन्ने केही गलत दलालहरुले आफ्नो सर्कलको नियन्त्रणमा राख्ने निरन्तर प्रयास गरि रहेका छन् । धेरै जसो अवस्थामा उनीहरु सफल पनि भएका छन् ।

शिक्षा, स्वास्थ्य, ऊर्जा, पूर्वाधार, सिंचाई, कृषि, उद्योग, पशुपालन, वन, पर्यटन, बैंकिग र व्यापार क्षेत्रलाई यिनै क्षेत्रमा सक्रिय गलत काम गर्ने केही दलालहरु, केही माफियाहरु, केही भ्रष्टाचारीहरु र केही ठगहरुले बर्बाद पारेका छन् ।

यो क्षेत्रमा काम गर्ने धेरै मानिसहरु असल नै हुनु हुन्छ । तर, धेरै असल मानिसहरु केही सीमित गलत काम गर्ने केही दलालहरुको अगाडि डराएर वहांहरु कि त मौन बस्नु हुन्छ, कि त काम गरिखान वहांहरु पनि लहैलहैमा लाग्नु हुन्छ । राजनीतिमा जस्तै ।

जब असल मानिसहरु मौन बस्छन् वा निष्क्रिय हुन्छन्, तब खराब मानिसबाट शासित र शोषित हुनु पर्छ ।

असल मानिसहरुलाई यो क्षेत्रमा काम गर्न, काम गरेर अगाडि बढन र काममा टिकि रहन अत्यन्त सकस छ । असल मानिसहरुलाई यो क्षेत्रमा प्रतिस्पर्धा गर्न नै धौ धौ परेको छ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा लागेको करले यस क्षेत्रमा काम गर्ने असल मानिसहरुलाई प्रोत्साहित नै गरेको छ र फाईदा नै भएको छ ।

यस करले यस क्षेत्रमा लागेका केही गलत मानिसहरुलाई बिस्तारै बिस्तारै केही बर्षमा विस्थापित गर्नेछ र यस क्षेत्रमा काम काम गरि रहेका र काम गर्न चाहने असल मानिसहरुलाई काम गर्ने सहज, सरल र उचित वातावरण निर्माण गर्नेछ ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा लागेको करले यस क्षेत्रलाई यस क्षेत्रमा बर्षौं देखी हैकम जमाएर बसेका केही खराब काम गर्ने गलत मानिसहरुबाट शासित हुन र शोषित हुन केही हदसम्म जोगाउने कोशिस गरेको छ ।

शिक्षा, स्वास्थ्य र ऊर्जा क्षेत्रमा लगाईएको करले नेपाल र नेपालीलाई हानी गर्दैन । बरु यसले शिक्षा, स्वास्थ्य र ऊर्जा क्षेत्रमा रहेका केही गलत काम गर्ने गलत मानिसहरु र यस क्षेत्रलाई शोषण र बदनाम गर्ने केही कथित बु्द्धिजीविहरु र गलत काम गर्ने केही माफियाहरुलाई पक्कै पनि अप्ठ्यारो परेको हुन सक्छ ।

कालो धनलाई लगानी गरेर कानूनी रुपमा लिगल मनी बनाउन चाहनेहरुलाई पक्कै पनि अप्ठ्यारो परेको होला । भ्रष्टाचारको पैसा लगानी गरेर शेयर लिएका वा किनेकाहरुलाई पक्कै पनि अप्ठ्यारो परेको होला । गलत काम गर्ने केही दलालहरु, केही माफियाहरु, केही तस्करहरु, केही भ्रष्टाचारीहरु र यिनीहरुले तलब दिएर पालेका केही कथित बुद्धिजीविहरु र ठगी काम गर्ने केही दलालहरुलाई पनि अप्ठ्यारो परेको होला ।

तर, यसै क्षेत्रमा बर्षौं देखि काम गरिरहेका असल मानिसहरुलाई कुनै अप्ठ्यारो परेको छैन । सामान्य मानिसहरुलाई कुनै अप्ठ्यारो परेको छैन । बरु युवाहरु, विद्यार्थीहरु, सामान्य मानिसहरु, गरिब, विपन्न र असहायहरु र तिनका सन्तानहरुलाई शिक्षा, स्वास्थ्य र ऊर्जा क्षेत्रमा लगाएको करले फाईदै फाईदा भएको छ ।

सम्माननीय प्रधानमन्त्रीले यस करको विषयमा एक पटक गम्भीर भएर सोच्नु होला, पुनर्विचार गर्नु होला र शिक्षा, स्वास्थ्य र ऊर्जा क्षेत्रमा लागेको करहरुलाई निरन्तरता दिनु होला ।

देशको राजनीतिलाई र शिक्षा, स्वास्थ्य, ऊर्जा, पूर्वाधार, वन, उद्योग, सिंचाई, बैंकिंग, व्यापार, पर्यटन, पशुपालन र कृषी क्षेत्रलाई गलत काम गर्ने गलत मानिसहरु र गलत काम गर्नेहरुलाई साथ दिने, र तिनको वकालत गर्ने केही कथित बुद्धिजीविहरु, गलत काम गर्ने केही दलालहरु, केही तस्करहरु, केही भ्रष्टाचारीहरु र केही तलबी दलाल बुद्धिजीवीहरुको नियन्त्रणबाट मुक्त गर्नु होला ।

यो कुनै एउटा व्यक्ति, संस्था वा राजनीतिक दलको विषय होईन, यो समग्र नेपाल र नेपालीको तितो यथार्थ भएको कठोर र कठिन वर्तमान र सुन्दर समृद्ध भविष्यसंग जोडिएको मार्मिक विषय हो ।

भोटेकोशीमा आएको विनाशकारी बाढीले हामीले स्वेच्छाले गर्न नचाहेको तर परिस्थितिले गर्नै पर्ने गरी पाठ सिकाएको केही कार्यहरु 

१. प्लास्टिक र प्लाष्टिकबाट बनेका सामाग्रीहरुको प्रयोगमा तत्काल कानूनीरुपमा नै प्रतिबन्ध लगाउदा राम्रो होला । यसैगरी जथाभावी फोहोर फ्याक्ने, खोला र नदीमा फोहोर फ्याक्ने र राजमार्गहरुमा यात्रा गर्दा गाडीबाट फुत्त बाहिर फोहोर फ्याक्ने कार्यलाई कानूनीरुपमा नै कठोर दण्डनीय गर्दा र प्रतिबन्ध लगाउदा राम्रो होला ।

२. खोलाको किनारामा घर बनाउने कार्य नगरौं । खोलाको किनारामा घर बनाउदा खोलाको दुबै किनारा तर्फ प्रत्येक किनारामा कम्तीमा २०० मिटर छोडेर मात्रै घर निर्माण गर्दा राम्रो होला ।

३. खोलाको दुबै किनारा तर्फ प्रत्येक किनारामा कम्तीमा २०० मिटर रुख रोपौं । रूख, बांस, निगालो लगायतका माटो संरक्षण गर्ने बोट बिरुवाहरु रोप्दा राम्रो होला ।

४. धेरै पुलहरु ऊचाई कम भएकोले बगेका छन् । यसैले अब पुलहरु निर्माण गर्दा र पुलको डिजाईन तयार गर्दा पुलको तलबाट कम्तीमा दुईवटा ठुला ट्रकहरु सजिलै पास हुन सक्ने गरी कम्तीमा १५ मिटर पुलको ऊचाई भएको पुल र झुलंगे पुलहरु र साथसाथै कम्तीमा चार लेन चौडाई भएको पुल मात्रै निर्माण गर्दा र पुलको डिजाईन गर्दा राम्रो होला ।

५. खोलाको दुबै किनारा तर्फ यथाशक्य कम्तीमा पांचवटा ठुला ट्रकहरु पास हुन सक्ने गरीको चौडाई भएको र कम्तीमा १५ मिटर ऊचाई भएको बलियो, फराकिलो चौडाई र धेरै ऊचांई भएको तटबन्धहरु बनाउन शुरु गर्दा राम्रो होला । यसमा जन श्रमदानको लागि आम मानिसलाई प्रोत्साहित गर्न सकियो भने झनै राम्रो होला ।

६. मानिसले आफ्नो जन्म दिवसमा र पूर्खाहरुको सम्झनाको दिनमा रुख रोप्ने परम्परा र संस्कृतिको विकास गर्न सकियो भने राम्रो होला ।

७. मानिसहरुले चाडपर्वमा उपहार दिंदा पनि बोट विरूवाहरु उपहार दिने परम्परा र संस्कृतिको विकास गर्दा राम्रो होला ।

८. विधालय तहमा विज्ञान, वातावरण विज्ञान, ग्ल्यासियोलोजी, फोरेस्ट्री, हाईड्रोलोजी, फायर ईकोलोजी, स्नो हाईड्रोलोजी, ओसियनोग्रफी, जियोलोजी, बनस्पति शास्त्र, जीव शास्त्र, भूगोल र प्राकृतिक प्रकोपहरुको विषयहरुको साथसाथै यसबाट जोगिने उपायहरु र तत्काल गर्नु पर्ने उद्धार, उपचार र राहतको कार्यहरुको विषयहरु अनिवार्यरुपमा सैद्धान्तिक र व्यवहारिकरुपमा यी विषयहरु पढाउनु राम्रो हुन्छ ।

१०. ठुलठुला ढलहरुको निर्माण र फोहोर पानी प्रशोधन गर्न ठुलठुला प्रशोधन केन्द्रहरुको निर्माण गर्न तत्काल मास्टरप्लान , रोडम्याप र दीर्धकालीन कार्य योजना तयार गर्दा राम्रो हुन्छ ।

११.फोहोर मैला व्यवस्थापन र फोहोर मैला प्रशोधन केन्द्रहरु निर्माण गर्दा सबै स्थानीय तहहरु र सकेसम्म सबै वडाहरुमा निर्माण गर्ने मास्टरप्लान, रोडम्याप र दीर्धकालीन कार्य योजना तयार गर्दा राम्रो होला । यसबाट निस्कने पानी र मललाई अर्गानिक कृषी प्रणालीसंग जोडदा राम्रो होला ।

 

प्रतिक्रिया