१२ श्रावण २०८१, शनिबार | July 27, 2024

कांग्रेस नेताद्धय खतिवडा र उपाध्यायद्धारा हजयात्रीहरुको बिदाई


0
Shares

काठमाडौं,४ जेठ । साउदी अरेबियाको मक्का मदिनामा हज गर्न जाने मुस्लिम समुदायको एउटा समूहलाई आज बिदाइ गरिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एंव प्रतिनिधि सभा सदस्य रामहरी खतिवडा र सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले शुक्रबार हजयात्रीहरुलाई त्रिभुवन विमानस्थलमा पुगेर हज यात्राका लागि बिदाइ गरेका हुन् ।

यस हजले नेपाल देशमा अमन चयनको पाइला निरन्तर मजबुत रहोस् भन्ने विश्वास लिएको कांग्रेस महासमिति सदस्य डा.अबुल हुसेन अन्सारीले बताए । हिजरी संवत् १४४५ को हजका पहिलो चरणमा १४९ हजयात्री र १ जना हज प्रतिनिधिमण्डल सदस्य गरी जम्मा १५० जना अरब प्रस्थान गरेका थिए । यस वर्ष जम्मा ७६४ जना हजयात्री अरब जाने गृहमन्त्रालयले जनाएको छ ।

उनीहरू ४५ दिनसम्मको हजपछि स्वदेश फर्किनेछन् ।
मुस्लिम जनसङ्ख्याको शून्य दशमलव ०१ प्रतिशतलाई प्रत्येक वर्ष हज गर्न जाने कोटा सुविधा छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया