मटिहानीका अग्नि पीडितहरुलाई डा.प्रसन्न झाद्धारा राहत घोषणा

काठमाडौं, १३ बैशाख । प्रसिद्ध चर्म तथा यौनरोग विशेषज्ञ डा. प्रसन्न झाले मटिहानीका अग्नि पीडितहरुको लागि राहत घोषणा गरेका छन् ।
समाजसेवी एवम् चर्चित डा.झा आगामी बैशाख १५ गते छाला तथा जलनसम्बन्धी निःशुल्क औषधीसहित पीडितहरुको घरदैलोमा पुग्ने बताइएको छ ।
बिहीबार सामाजिक सञ्जालमार्फत उनको सचिवालयले अस्थायी बासको लागि ५० थान त्रिपाल पनि सहयोग गर्ने पनि घोषणा गरेको जनाएको छ ।