३१ भाद्र २०८१, सोमबार | September 17, 2024

कार्यालय समयमा निजी अस्पताल,क्लिनिकमा काम नगर्न सरकारी स्वास्थ्यकर्मीलाई निर्देशन


166
Shares

काठमाडौं,१२ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा गएर काम गर्न रोक लगाएको छ ।

आज एक सूचना जारी गर्दै मन्त्रालयले सरकारी अस्पतालका स्वास्थ्यकर्मीलाई निजी अस्पतालमा गएर काम गर्न र प्रचारप्रसार गर्न रोक लगाएको जानकारी गराएको हो ।

आफ्ना मातहतका सबै प्रतिष्ठान, विभाग तथा अस्पताललाई मन्त्रालयले कार्यालय समयमा निजी अस्पताल, नर्सिङ होम, क्लिनिक, मेडिकलमा काम नगर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया