३ आश्विन २०८१, बिहिबार | September 19, 2024

प्राज्ञिक विद्यार्थी परिषदद्वारा सिन्धुलीको जनज्योति र चण्डेश्वरी माविका १५५ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण


0
Shares

काठमाडौं, १५ साउन । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सिन्धुलीका दुईवटा विद्यालयका १५५ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । सोमबार प्राज्ञिकले जनज्योति मावि र चण्डेश्वरी माविमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

शैक्षिक सामाग्री वितरणमा सिन्धुलीका नगरप्रमुख उपेन्द्र पोख्रेल, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, सामाजिक व्यक्तित्व माणिक ढकाल, प्राचार्य योगेन्द्रप्रसाद अधिकारी, विद्यार्थी परिषद्का प्रदेश उपाध्यक्ष टीका बहादुर थापा, व्यवस्थापन समितिका अध्यक्ष जनक शर्मा, समाजसेवी केशवप्रसाद अधिकारी, फाल्गुणी शर्मा तिमिल्सिना, राजन कोइराला, पुरुषोत्तम अधिकारी, विद्यार्थी परिषद काठमाडौंका महानगर सचिव भानुप्रकाश जोशी, सिन्धुली नगर सचिव मनिता देवकोटा लगायको उपस्थित थियो ।

प्राज्ञिकले देशभरका १५ जिल्लाका २५ सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिरहेको छ । प्राज्ञिकले देशव्यापी व्यक्तित्व विकास तालिम पनि गर्दै आएको छ ।

प्रतिक्रिया