२९ भदौ २०८३, सोमबार | September 14, 2026

कांग्रेसका दुवै पक्षका महाधिवेशन रोक्न माग गरिएको रिट सर्वोच्चद्धारा दरपीठ


September 14, 2026
415
Shares

काठमाडौं । नेपाली कांग्रेसका दुवै पक्षले गर्न लागेका महाधिवेशन रोक्न माग गरिएको रिटलाई सर्वोच्च अदालतले दरपीठ गरेको छ ।

कांग्रेसको क्रियाशील सदस्य भएको दाबी गर्ने अधिवक्ता मणिराम उपाध्यायले सोमबार सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवाले गर्न लागेको रिट दर्ताका लागि सर्वोच्च अदालत गएका थिए ।

त्यस सम्बन्धी एउटा निवेदन पूर्ण इजलासमा विचाराधीन रहेको र अर्को निवेदनमा महाधिवेशन कार्यतालिका रोक्न आदेश नदिएको हुँदा रिट दर्ता नभएको सर्वोच्चले जनाएको छ ।

कांग्रेस संस्थापनले १६ देखि १९ असोजसम्म १५ औं महाधिवेशनको मिति तोकेको छ । देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म हुने गरी महाधिवेशनको समय निर्धारण गरेको छ ।

प्रतिक्रिया