२ कार्तिक २०८३, आइतबार | October 18, 2026

देउवा पक्षले बोलायो आकस्मिक बैठक


September 14, 2026
249
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट नेताहरू छलफलमा जुटेका छन्।

देउवा निवासमा आफूहरूको अनौपचारिक छलफल भएको सहभागी एक नेताले बताए । पार्टीको निर्णयपछि समूहको धारणा सार्वजनिक गर्नको लागि ४ बजे चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन राखिएको हो ।

हिजो बसेको केन्द्रीय समिति बैठकले वडा अधिवेशनमा भाग लिने निवर्तमान केन्द्रीय सदस्यलाई अहिलेको समितिमा ल्याउने निर्णय गरेको थियो। कांग्रेसको वडा अधिवेशन ३ र ४ गते हुँदै छ।

हिजो बसेको बैठकले पार्टीका सबै नेता कार्यकर्तालाई महाधिवेशनमा भाग लिन आह्वान पनि गरेको थियो।

पार्टीको निर्णयप्रति तत्कालीन पूर्णबहादुर खड्का निकट नेताहरू सकारात्मक भएर महाधिवेशनमा सहभागी हुने भएका छन् । देउवा समूह पनि दबाबमा परेको छ।

प्रतिक्रिया