१२ श्रावण २०८१, शनिबार | July 27, 2024

भक्तपुरमा कुटपिट गरी ८१ वर्षीय वृद्धाको हत्या 


0
Shares
Yellow crime scene do not cross barrier tape in front of defocused background. Horizontal composition with selective focus and copy space.
भक्तपुर,१६ असार । कुटपिट गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । आफ्नै काका ८१ वर्षीय कृष्ण बहादुर प्रजापतीको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका–९ सूर्यमणी बस्ने ३५ वर्षीय नुछे प्रजापतीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
नुछेले कुटपिट गर्दा गम्भीर घाइते भएका कृष्ण बहादुरको ट्रमा सेन्टर अस्पताल हुँदै पाटन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । कुटपिट पश्चात फरार रहेका नुछेलाई प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले भक्तपुर नगरपालिका–७ महेश्वरी खेलमैदानबाट पक्राउ गरेको हो ।
त्यसैगरी, चितवन, आफ्नै बुबा ७० वर्षीय दिल बहादुर परियारको हत्या गरेको अभियोगमा भरतपुर महानगरपालिका–२ आदर्शनगर सितल मार्गमा बस्ने ४२ वर्षीय टेक बहादुर परियारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी विवाद हुँदा टेक बहादुरले कुटपिट गर्दा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । कुटपिट पश्चात फरार रहेका उनलाई वडा प्रहरी कार्यालय चितनवबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय नेपालगन्ज

प्रतिक्रिया