एनभिएको Fixed Assets Valuation Training शुक्रबारदेखि काठमाडौंमा
काठमाडौं । नेपाल भ्यालुयर्स एशोसिएशन (एनभिए) ले मूल्यांकन पेशामा कार्यरत इन्जिनियरहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि काठमाडौंमा तीनदिने विशेष तालिम आयोजना गर्ने भएको छ ।
‘अन्तर्राष्ट्रिय मूल्यांकन मापदण्ड र राष्ट्रिय अभ्यासहरू’ “International Valuation Standards and National Practices” सम्बन्धी Fixed Assets Valuation Training मंसिर १८ देखि २० (डिसेम्बर ४–६) गतेसम्म सञ्चालन हुनेछ । तालिम आइतबार सम्पन्न हुनेछ ।
देशभर कार्यक्षेत्र बनाई मूल्यांकन पेशामा संलग्न इन्जिनियरहरूको ज्ञान, सीप तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित एनभिएले तालिम आयोजना गरेको हो ।
एनभिएका अध्यक्ष इ. संजयकुमार महतोले तालिमले मूल्यांकन पेशामा आबद्ध इन्जिनियरहरूको क्षमता विकाससँगै पेशागत गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै, एनभिएका सचिव इ. रबिन्द्र अधिकारीले मूल्यांकन पेशालाई थप व्यवस्थित, व्यावसायिक र समयसापेक्ष बनाउन तालिम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार तालिमको पहिलो दिन एनभिएका पदाधिकारी तथा प्रशिक्षकहरूले सहभागी इन्जिनियरहरूसँग मूल्यांकनसम्बन्धी आवश्यक ज्ञान, सीप, अनुभव तथा व्यावहारिक चुनौतीका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।
तीन दिनसम्म सञ्चालन हुने तालिममा अन्तर्राष्ट्रिय मूल्यांकन मापदण्ड र नेपालको विद्यमान अभ्यास, स्थिर सम्पत्ति मूल्यांकनका विधि तथा व्यावसायिक अभ्यासका विषयमा प्रशिक्षण र अनुभव आदानप्रदान गरिनेछ ।
तालिममा सहभागी हुन इच्छुक सदस्यहरूलाई नाम दर्ता गर्न एनभिएको आह्वान
एनभिएले तालिममा सहभागी हुन इच्छुक आफ्ना सदस्यहरूलाई समयमै नाम दर्ता गराउन आग्रह गरेको छ । तालिमका लागि सिट संख्या सीमित रहेकाले इच्छुक सदस्यहरूलाई यथाशीघ्र सम्पर्क गरी आफ्नो सहभागिता सुनिश्चित गर्न एशोसिएशनले अनुरोध गरेको छ ।
तालिमसम्बन्धी विवरण :
तालिमको विषय : अन्तर्राष्ट्रिय मूल्यांकन मापदण्ड र राष्ट्रिय अभ्यासहरू (Fixed Assets Valuation )
मिति : मंसिर १८ देखि २० गते, २०८३ (डिसेम्बर ४–६, २०२६)
अवधि : तीन दिन
समय : बिहान ७:३० बजेदेखि साँझ ६:०० बजेसम्म
स्थान : काठमाडौं
सहभागी : मूल्यांकन पेशामा कार्यरत एनभिएका सदस्य इन्जिनियरहरू
नाम दर्ता तथा थप जानकारीका लागि सम्पर्क :
एनभिए केन्द्रीय कार्यालय
मोबाइल : ९८६९५२९१०९
टेलिफोन : ०१-४१०६२७२
मूल्यांकन पेशाको गुणस्तर, विश्वसनीयता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा सक्रिय सहभागिता जनाउन एनभिएले सबै इच्छुक सदस्यहरूलाई आग्रह गरेको छ ।


