२३ भाद्र २०८१, आइतबार | September 8, 2024

साउदीमा नर्सलाई रोजगारीको अवसर, मासिक तलब २ लाखसम्म पाइने


0
Shares

काठमाडौं, १४ वैशाख । पछिल्लो समय नेपाली नर्सका लागि साउदी अरब रोजगारीको नयाँ गन्तव्य बन्दै गएको छ । मनास्लु इन्टरनेश्नल सर्भिसले बुधबार नया“ बानेश्वरको प्रेस्टिजियो फुड्स– पिज्जा बर्गर, कफीमा एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गर्दै यस्तो बताएको हो । हालसम्म साउदी अरबका बिभिन्न अस्पतालहरुमा छ सय नर्सहरू कार्यरत छन् ।

नेपालबाट साउदी जाने नर्सहरूले एक लाख २० हजारदेखि दुई लाख रुपैया“सम्म कमाउन सफल भएका छन् । नेपाली नर्सलाई साउदी अरबस्थित मल्टि–नेश्नल हस्पिटल ग्रुपको डा.सुलिमान अलहबिब हस्पिटल ग्रुप (एचएमजी) ले यो वर्ष दुई सय नेपाली नर्सको माग गरेको छ । मनास्लु इन्टरनेश्नल सर्भिसले बुधबार आयोजना गरेको कार्यक्रममा साउदी अरब रोजगारी गरेर फर्किएका नर्स र जाने तयारीमा रहेका नर्सहरुलाई संयुक्त रुपमा राखेर पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त अस्पताल व्यवस्थापनले बढ्दो संख्यामा सेवा प्रदान गर्न थप नर्सको आवश्यकता बढेपछि यो निर्णय गरेको हो । अस्पतालले आफ्ना बिरामीहरूलाई उच्च गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न प्रतिबद्ध रहेकाले नेपाली नर्सको माग बढ्दै गएको छ । सन् २०१९ बाट नेपाली नर्सहरू साउदीका बिभिन्न अस्पतालमा कार्यरत रहेका छन् । साउदीका अस्पतालमा हाल एक हजार ९ सयभन्दा बढी शैया, १३ हजार कर्मचारी र दुई हजार ७ सय ५० कन्सल्टेन्ट चिकित्सकहरुले बिरामीको सेवा प्रदान गरिरहेका छन् । उक्त अस्पतालले बिगत एक वर्षदेखि ४० नेपाली नर्सहरूलाई रोजगारी प्रदान गर्दै आईरहेको छ ।

डा.सुलिमान अलहबिब अस्पतालले थप नेपाली नर्सहरूको माग गरेको छ । अस्पताल व्यवस्थापनले उत्कृष्ट प्रतिभालाई आकर्षित गर्न शत प्रतिशत निःशुल्क भर्ती गर्ने निर्णय गरेको छ । साउदी अरेबियाको सरकारको मापदण्ड अनुसार साउदी अरेबियामा नर्सको रूपमा काम गर्न योग्य हुन नर्सहरूसग एक वर्षको क्लिनिकल अनुभव हुनुपर्छ । यद्यपि, अस्पतालले अब एनएनसी लाइसेन्स भएका नर्सिङका नयाँ स्नातकहरूलाई अवसर प्रदान गरिरहेको छ ।

साउदी अरबस्थित डाक्टर सुलेमान अलहबिब हस्पिटलमा नर्सहरूलाई रोजगारीको अवसर खुलेको छ । नेपालमा भर्खर पढाई सकेर नेपाल नर्सिङ काउन्सिलमा रजिस्टे«सन भएका नर्सलाई साउदीस्थित डाक्टर सुलेमान अलहबिब हस्पिटलमा रोजगारीको अवसर खुलेको हो ।
आउने मे २० मा डा. सुलेमान अलहबिब मेडिकल ग्रुपका भाईस प्रिसिडेन्ट प्रोफेसर डाक्टर सुलेमान ए.अल–माजिद नेपाल भ्रमण गर्ने तयारीमा छन् । उनले नेपाल सरकार, नेपालका हस्पिटल तथा कलेजमा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको मनास्लु इन्टरनेश्नल सर्भिसका प्रमुख बालकृष्ण श्रेष्ठले बताए । ‘डाक्टर सुलेमान नेपाल प्रति एकदमै सकारात्मक व्यक्तिहुन् ।’श्रेष्ठले भने, ‘नेपालबाट गएका नर्सहरुको कामबाट हामी प्रभावित छौं । अन्य देशबाट आउने नर्सको दा“जोमा नेपाली नर्स काममा एकदमै मिहिनेती, कामप्रति समर्पित पायौं ।’

प्रतिक्रिया