३ आश्विन २०८१, बिहिबार | September 19, 2024

मदनकृष्णले रक्तदान कार्यक्रमको आयोजना गर्दै जन्मदिन मनाए


0
Shares

काठमाडौं, ११ वैशाख । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो जन्मदिन रक्तदान कार्यक्रमको आयोजना गरेर मनाएका छन् ।

आईतवार आफ्नो जन्मदिनको अवसरमा पाटन दरबार क्षेत्रमा रक्तदान कार्यक्रमको आयोजना गरेका हुन् । सो अवसरमा वरिष्ठ कलाकार हरिवंश आचार्य, केदार घिमिरे, किरण केसी लगायतका कलाकारको उपस्थिति रहेको थियो । रक्तदान जीवनदान भन्ने नारासहित उनले आफ्नो जन्म दिन भव्यताका साथ मनाएका हुन्।

जन्मदिनको अवसरमा राखिएको रक्तदान कार्यक्रममा कलाकारहरु र आम सर्वसाधारणहरुसमेत रक्तदानका लागि कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिक्रिया