३ आश्विन २०८१, बिहिबार | September 19, 2024

शालिनदीमा भक्तजनको घुइँचो


February 13, 2024
2.3k
Shares

सुरेन्द्र बहादुर खत्री सिलवाल, काठमाडौं । हरेक वर्षको पौष शुक्ल पुर्णिामादेखि माघ शुक्ल पुर्णिामासम्म श्री स्वस्थानी व्रतको अवसरमा काठमाडौं उपत्यकाको साँखुस्थित शालिनदीमा विशेष मेला लागिरहेको छ। मेला समापनको नजिक आइरहँदा भक्तजनमा झन् उत्साह बढेको छ ।

मनले चिताएको पुरा हुने विश्वासका साथ एक महिना सम्म बसिने यो व्रत विशेषगरी पौराणिक धर्मग्रन्थ स्कन्द पुराणमा उल्लेख छ। सत्ययुगमा भगवान् विष्णुको सल्लाह अनुसार हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई व्रत बसेर तपस्या गरी मनोकाक्षा पुरा भई भगवान् महादेव स्वामी पाएको कथासंग जोडिएको कारण यसको महत्त्व रहदै आएको छ।भारत लगायत विश्वको धेरै देशहरूबाट भक्तजनहरु आउने गर्दछन्।

प्रतिक्रिया