८ बैशाख २०८३, मंगलबार | April 21, 2026

संघलाई व्यक्तिवादी होइन सामूहिक नेतृत्व दिन मेरो उम्मेदवारी,जित निश्चित छ : लोप्साङ शेर्पा


February 9, 2024
3.2k
Shares

काठमाडौं । नेपाल हिमालय सीमापार वाणिज्य संघको २४औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन आगामी माघ २७ गतेबाट काठमाडौंमा सुरु हुँदैछ ।

विगतमा संघको कार्यसमितिमा सचिव, सल्लाहाकार र विदेश विभागमा समेत रहेर उत्कृष्ट काम गरिसकेका युवा व्यवसायी एवं नमस्ते लजिस्टिकको अध्यक्ष लोप्साङ शेर्पाले माघ २८ गते हुने संघको नयाँ कार्यसमितिको निर्वाचनमा अध्यक्षका लागि उम्मेदवारी दिनुभएको छ । उहाँसँग चुनावको तयारी,एजेण्डा र भावी योजनाबारे नेपालीपेनले सक्षिप्त कुराकानी गरेको छ । (कुराकानीको सम्पादित अंश)

नेपाल हिमालय सिमापार वाणिज्य संघको १२औं अधिवेशन नजिक आइसक्यो, यहाँ पनि उम्मेदवार हुनुहुन्छ, चुनाव जित्ने तयारी कसरी गर्नुभएको छ ?

म अहिले प्रचार प्रसारमा व्यस्त छु, धेरै शुभचिन्तक व्यवसायी साथीहरुसंग प्रत्यक्ष भेटघाटमा छु । मतदाता व्यवसायीहरुसँग भेटेर आफ्नो एजेण्डाबारे सुनाइरहेको छु, उहाँहरुको समस्या पनि सुनिरहेको छु । अग्रज व्यवसायीको सल्लाहअनुसार नै साथीहरुलाई जिम्मेवारी बाँडफाँट गरेर निर्वाचन परिचालन समिति बनाउँदै मत मागिरहेको छु ।

यहाँको उम्मेदवारी के का लागि हो ?

यो संस्थामा जब म व्यवसाय क्षेत्रमा लागे तब देखि कतै न कतै संघमा आबद्ध भएर काम गरिरहेको छु,अझै भन्नु पर्दा मेरो बुवा पनि यस संस्थामा साधरण सदस्यको रुपमा सुरु देखि नै हुनहुन्छ । अझै यो संस्थाको मुख्य उद्देश्य मध्ये एक चीनको सिमानामा खास गरी तातोपानी नाकामा व्यापार�

प्रतिक्रिया