६ आश्विन २०८१, आइतबार | September 22, 2024

ललितपुरका सीडीओ, प्रहरी प्रमुख र ईपीएस शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाइयो


December 30, 2023
166
Shares

काठमाडौं,१५ पुस । शनिबार ललितपुरको बालकुमारीमा भएको घटनापछि ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाइएको छ ।

रोजगारी अनुमति प्रणाली (ईपीएस) को परीक्षा दिन पाउनुपर्ने माग गर्दै भएको प्रदर्शनका क्रममा २ युवकको मुत्यु भएपछि राज्य पक्षबाट कमजोरी भएको स्वीकार्दै सरकारले उनीहरुको जिम्मेवारी खोसेको हो ।

सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाएको हो ।

ललितपुर प्रहरीबाट फिल्डमा खटिएका डीएसपी उमेशराज लम्साल र भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका निजी सुरक्षा अधिकृत (पीएसओ) बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय समेत गरेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एउटा कार्यक्रममा बोल्दै बिहीबारको घटनामा काहीँ न काहीँ कमजोरी भएको बताए ।

 

प्रतिक्रिया